सिन्धुपाल्चोक । इर्खु माध्यमिक विद्यालयको बिद्यालय व्यवस्थापन समिति अध्यक्षमा समाजसेवी भगवान खड्का सर्वसहमत रुपमा चयन भएका छन् । उनी यस भन्दा अघि पनि अध्यक्ष भएर काम गरेका थिए ।
खड्का एक दशक अघिदेखि सामाजिक काममा सक्रिय भूमिका निर्वाह गर्दै आइरहेका छन् । हाल उनी नेपाली काङ्ग्रेस चाैतारा साँगाचाेकगढी नगरपालिका समितिका सचिवकाे जिम्मेवारीमा समेत रहेका छन् । यी बाहेक खड्का आधा दर्जन संघसंस्थामा सक्रिय भूमिकामा रहदै आएका छन् ।
समितिकाे सदस्यहरुमा युनिक तामाङ, माया श्रेष्ठ, डम्बर श्रेष्ठ , सञ्चु तामाङ ,कमला तामाङ चयन भएका छन् ।
वडा अध्यक्ष वा निजले ताेकेकाे वडा सदस्य समितिकाे पदेन सदस्य र बिद्यालयका प्रधानाध्यापक सदस्य सचिव रहने बैधानिक व्यवस्था रहेकाे छ । जसमा वडा अध्यक्ष अमृत बहादुर दंगाल सदस्य र प्रधानाध्यापक प्रकाश दंगाल सदस्य सचिव रहेका छन् ।
भेलाले धन बहादुर तामाङकाे अध्यक्षतामा शिक्षक अभिभावक संग पनि गठन गरेकाे छ ।संघकाे सदस्यहरु सञ्जु तामाङ, निमा तामाङ, गणेश कार्की, सुकमाया घिसिङ ,ओम कुमारी रानामगर चयन भएकाे बिद्यालयका प्रधानाध्यापक प्रकाश दंगालले जानकारी दिए ।
स्मरण रहाेस् अध्यक्ष खड्कालाई चाैथाे पटक अध्यक्षकाे रुपमा बिद्यालयले पुःन पाएकाे हाे ।
प्रतिक्रिया दिनुहोस्