हेलम्बु। माध्यमिक शिक्षा परीक्षा (एसइई) २०८२ को उत्तरपुस्तिका पुर्नयोग (च्भ(तयतबष्लिन) पश्चात् सिन्धुपाल्चोकको हेलम्बुस्थित इस्ट पोइन्ट एकेडेमीले ऐतिहासिक सफलता हासिल गरेको छ । विद्यालयका प्रतिभाशाली विद्यार्थी सलिना थापा र रिजन लामिछानेले अङ्ग्रेजी विषयमा पुर्नयोगपछि एप्लस प्राप्त गर्दै (४) जिपिए हासिल गरेका छन् । यससँगै हेलम्बु गाउँपालिकाको इतिहासमै पहिलो पटक एउटै विद्यालयका दुई विद्यार्थीले (४) जिपिए प्राप्त गर्ने गौरवपूर्ण उपलब्धि हासिल भएको विद्यालयले जनाएको छ।
यसअघि प्रकाशित नतिजामा अङ्ग्रेजी विषयमा बिप्लस प्रदान गरिएकाले उनीहरू (४) जिपिए बाट वञ्चित भएका थिए । तर पुर्नयोगका लागि निवेदन दिएपछि उत्तरपुस्तिकाको पुनः परीक्षणबाट वास्तविक नतिजा कायम हुँदै दुवै विद्यार्थीले एप्लस प्राप्त गरेका छन् । यससँगै उनीहरूको समग्र नतिजा (४) जिपिए मा रूपान्तरण भएको हो। यस घटनाले परीक्षा मूल्याङ्कन प्रक्रियामा अभैm बढी सावधानी, निष्पक्षता र पारदर्शिताको आवश्यकता रहेको विषयलाई समेत उजागर गरेको छ।
विद्यालयले यस उपलब्धिलाई विद्यार्थीको अथक मेहनत, अभिभावकको विश्वास र शिक्षकहरूको समर्पित मार्गदर्शनको परिणामका रूपमा लिएको छ। विद्यालय परिवारले दुवै विद्यार्थीलाई उज्ज्वल भविष्यको शुभकामना व्यक्त गर्दै आगामी दिनमा पनि उत्कृष्ट शैक्षिक वातावरण निर्माणका लागि निरन्तर प्रतिबद्ध रहने जनाएको छ।
यस अवसरमा इस्ट पोइन्ट एकेडेमीका प्रिन्सिपल दामोदर भारती ले भन्नुभयो, “सलिना थापा र रिजन लामिछानेले हासिल गरेको (४) जिपिए केवल दुई विद्यार्थीको सफलता मात्र होइन, यो सम्पूर्ण हेलम्बु क्षेत्रकै शैक्षिक इतिहासमा कोरिएको स्वर्णिम अध्याय हो। पुर्नयोगपछि सत्य र न्याय स्थापित भएको छ । यसले मेहनत कहिल्यै खेर नजाने सन्देश दिएको छ। हाम्रा विद्यार्थीको क्षमता प्रमाणित भएकोमा हामी अत्यन्त गर्वान्वित छौँ। आगामी दिनमा पनि गुणस्तरीय शिक्षा, अनुशासित सिकाइ र उत्कृष्ट नतिजाका लागि विद्यालय अझ दृढतापूर्वक अघि बढ्नेछ। सम्पूर्ण विद्यार्थी, शिक्षक, अभिभावक तथा शुभेच्छुकहरूप्रति हार्दिक आभार व्यक्त गर्दछु।”
विद्यालयले दुवै विद्यार्थीलाई बधाई ज्ञापन गर्दै उनीहरूको उज्ज्वल शैक्षिक यात्राको सफलताको कामना गरेको छ। साथै, यस ऐतिहासिक उपलब्धिले हेलम्बु क्षेत्रका अन्य विद्यार्थीलाई पनि उत्कृष्टताको यात्रामा प्रेरणा दिने विश्वास व्यक्त गरिएको छ।
राष्ट्रिय अनलाइनबाट
प्रतिक्रिया दिनुहोस्