२०८१ श्रावण १२
                           

‘सोनाम ल्होछार’ पाँचपोखरीमा तीन दिन बिदा

माघ ६ ,चौतारा
सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पाल गाँउपालिकाले तामाङ समुदायको धार्मिक तथा सांस्कृतिक पर्व ‘सोनाम ल्होछार’मा तीन दिन सार्वजनिक बिदा दिने भएको छ । २८५९ औँं ह्योई ल्हो (विरालोवर्ग)को सोनाम ल्होछारको अवसरमा गाउँपालिका कार्यालय र त्यसअन्तर्गतका सरकारीकार्यालयमा तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

ल्होछार पर्व मनाउनको लागि माघ ८, ९ र १० गते गाउँपालिका अन्तर्गतसम्पूर्ण कार्यालय र शैक्षिक संस्थासमेत बिदा दिने निर्णय गरेको गाउँपालिका अध्यक्ष टासी लामाले जानकारी दिनुभयो । स्वास्थ्य चौकिमा अत्यावश्यक सेवा तथा प्रसुती सेवा निरन्तर प्रदान हुने र खाल्डे खोला सुचना केन्द्र खुल्ला रहि सेवा प्रदान गरिने गाउँपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्