२०८१ आश्विन २६
                           

साँगाचोकगढीमा शीतभण्डार निर्माण सुरु

सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकामा कृषि उत्पादन भण्डारणका लागि शीतभण्डार निर्माण थालिएको छ ।

पक्की पर्खाल उठाएर अलपत्र छोडिएको ४ वर्षपछि संघ सरकारको सशर्त अनुदानमा पहिलो चरणमा २ करोड ५० लाख रुपैयाँ लागतमा चौताराको कुबिण्डेमा शीतभण्डार निर्माण भइरहेको हो ।

दोस्रो चरणमा ३ करोड ५० लाख गरी कुल ६ करोड रुपैयाँ लागतमा भण्डारण केन्द्र निर्माण हुने चौतारा नगरपालिकाका प्रमुख कृष्णप्रसाद सापकोटाले जानकारी दिए ।

हाल यहाँका किसानले उत्पादन गरेको कृषि उपज भण्डारणका लागि महँगो मूल्य तिरेर काभ्रे र काठमाडौं लानुपर्ने बाध्यता छ ।कान्तिपुर टि.भि

प्रतिक्रिया दिनुहोस्