सिन्धुपाल्चोक | प्रतिनिधि सभा सदस्यको निर्वाचन नजिकिँदै जाँदा उम्मेदवार तथा राजनीतिक दलका नेताहरू घरदैलो अभियान लिएर गाउँ–गाउँमा पुगेका छन्। यस क्रममा मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै स्थानीय समस्या, आवश्यकता, माग र गुनासो सुन्ने कार्य भइरहेको छ। नेताहरूले नागरिकलाई आफ्ना कुरा खुलस्त रूपमा राख्न आग्रह गरेका छन्।
यसै क्रममा सिन्धुपाल्चोक क्षेत्र नं. २ का नेकपा तर्फका उम्मेदवार युवराज दुलाल चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. ६ गिदाने पुगेका थिए । त्यहाँ आयोजित भेटघाट कार्यक्रममा उनले विभिन्न प्रसङ्ग जोड्दै जनतालाई छाडेर अन्त कतै नजाने प्रतिबद्धता व्यक्त गरे। उनको भनाइमा संसदको कुर्सी पाएपछि गाउँ र जनतालाई बिर्सिने पुरानो प्रवृत्ति आफूबाट नहुने स्पष्ट संकेत र विश्वास झल्किएको थियो ।
घरदैलो अभियानमार्फत जनताको आवाज प्रत्यक्ष रूपमा सुन्ने र त्यसलाई आगामी नीति तथा कार्यक्रममा समेट्ने प्रतिबद्धता उम्मेदवारहरूले जनाएका छन् ।
प्रतिक्रिया दिनुहोस्