२०८१ श्रावण १२
                           

एसईई परीक्षामा सिन्धुपाल्चोकको ३७ सय विद्यार्थी सहभागी

सिन्धुपाल्चोक । यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) बिहीबारदेखि शुरु भएको छ । एसईई परिक्षा २०८० मा सिन्धुपाल्चोक जिल्लाका ३ हजार ७ सय जना विद्यार्थी सहभागी भएका छ्न ।

जसमध्ये छात्र १६ सय ८६ र छात्रा २ हजार १४ जना रहेको  शिक्षा विकास तथा समन्वय इकाई सिन्धुपाल्चोक प्रमुख कृष्ण सुबेदीले जानकारी दिए।

जिल्लामा २४ वटा परिक्षा केन्द्र तोकिएको छ । तीमध्ये ७ वटा केन्द्रमा प्राविधिक तर्फका विद्यार्थीहरु पनि सहभागी छ्न । प्राविधिक विषय इन्जिनियरिङ, कृषि लगायतका विषयमा अध्ययन गरेकाहरु हुन ।

पहिलो दिन स्वच्छ, शान्त र भयरहित वातावरणमा सबै केन्द्रहरूमा परिक्षा संन्चालन भएको सुबेदीले बताए ।जुन विद्यालयमा परिक्षा केन्द्र तोकिएको छ सोही विद्यालयका प्रधानध्यापक केन्द्र अध्यक्ष रहनेछ ।

यसै वर्षदेखि नयाँ ग्रेडिङ प्रणाली पनि लागू हुँदैछ । जसमा कक्षा ११ मा भर्ना हुनका लागि सैद्धान्तिकमा ३५ र प्रयोगात्मकमा ४० अङ्क ल्याउनैपर्छ ।  सैद्धान्तिकतर्फ कम्तीमा ३५ प्रतिशत अङ्क नल्याउने विद्यार्थी ननग्रेडिङ (एनजी) मा पर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्