२०८२ माघ ९

नीजी क्षेत्र देशको आधारस्तम्भ र अर्थतन्त्रको पिल्लर हो –प्रजिअ रामकृष्ण अधिकारी

निर्मल बस्नेत, चौतारा । सिन्धुपाल्चोक जिल्लाका प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले नीजि क्षेत्र देशको आधार स्तम्भ भएको बताएका छन् । देशको अर्थतन्त्रको ठुलो हिस्सा निजी क्षेत्रले ओगटेको बताउदै उद्योग बाणिज्य संघ अर्थतन्भको पिल्लर भएको तर्क गरे । शुक्रबार सिन्धुपाल्चोक उद्योग बाणिज्य संघले संघको शाखा कार्यालय चौतारामा आयोजना गरेको स्वागत तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले बिपद् व्यवस्थापनको मूख्य साझेदार संस्था उद्योग बाणिज्य संघ भएको तर्क प्रस्तुत गरे ।

उनले बिपद्को व्यवस्थापनको सदस्य संस्था मध्य उद्योग वाणिज्य संघ एक हो भने । उनले व्यवसायीहरुलाई अनुशासित र मर्यादित रुपमा इज्जत रहने गरि व्यवसाय गर्न आग्रह गरे । गैरकानुनी र अमर्यादित गतिविधि हुन नदिन सरकारको तर्फबाट आफुले भूमिका खेन्ने र उचित समयमा सहकार्य गर्न समेत संघलाई आग्रह गरे ।

संघले प्रमुख जिल्ला अधिकारीलाई आफ्नै शाखा कार्यालय चौताराको भवनमा बोलाएर एक कार्यक्रमका बिच स्वागत गरेको हो ।
सिन्धुपाल्चोक उद्योग बाणिज्य संघका अध्यक्ष बुद्धराज बस्नेतले २०७१ सालको जुरे पहिरो, २०७२ सालको बिनाशकारी भूकम्प र त्यसपछिका बाढीपहिरोले सिन्धुपाल्चेकका व्यवसायीहरु समस्यामा रहेको भन्दै प्रजिअको ध्यानाकर्षण गराएका थिए ।


संघका अध्यक्ष बस्नेतले केहि नीतिगत र व्यवहारीक कुराको तालमेल मिलाउन नसक्दा साना व्यवसायीहरु मर्कामा पर्ने गरेकोले ढुक्कसाथ व्यवसाय गर्न नसकेको कुरा दर्साएका थिए । कतिपय अवस्थामा करको मारमा साना व्यवसायी पर्ने गरेको गुनासो समेत प्रजिअ समक्ष पोखेका थिए । ओरालो लाग्दो व्यवसायीक अवस्थामा राज्यको निकायले व्यवहारीक कुरा हेरेर ढुक्कसाथ व्यवसाय गर्ने वातावरण सिर्जना गराउनमा जोड दिनुपर्ने कुरा औल्याएका थिए ।
बस्नेतले कुनै पनि हालतमा सिन्धुपाल्चोकमा हुने सम्भावित विपदको समयमा सामग्री अभाव हुन नदिने, सरोकारवालाहरुसंग हातेमालो र सहकार्य गरि हरसमय नागरिकको लागि खडा हुने प्रतिबद्धता जनाए ।
त्यस्तै संघका सल्लाहकार एवं सिन्धु सुकुटे पर्यटन व्यवसायी संघका अध्यक्ष महेन्द्र सिंह थापाले सिन्धुपाल्चोक जिल्ला पर्यटनको प्रचुर सम्भावना बोकेको जिल्ला भएको बताए । उनले पर्यटन विकासको लागि सरकारले उचित वातावरण र सुरक्षाको प्रवन्ध मिलाउनपर्नेमा जोड दिएका थिए । पर्वतारोही थापाले सिन्धुपाल्चोकको सुकुटेलाई चिनाउदै जुगल हिमालसम्मको आरोहण खुलाउन खलेको भुमिकाको समेत चर्चा गरे ।

संघको अध्यक्ष बुद्धराज बस्नेतको अध्यक्षतामा भएको कार्यक्रम सचिव तिर्थराज पौड्यालले सञ्चालन गरेका थिए भने मानार्थ उपाध्यक्ष उजारसिं तामाङले धन्यवाद मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रम संघको पदाधिकारी र कार्यकारिणी समितिका सदस्यहरु, सल्लाहकार सदस्यहरु, चौताराका व्यवसायी र उपभोक्ताहरुको उपस्थितिमा संघको शाखा कार्यालय चौतारामा सम्पन्न भएको थियो ।
संघले चौतारा बजारका व्यवसायी, उपभोक्ता र नियमनकारी निकायको उपस्थितिमा दैनिक उपभोग्य बस्तुहरु खाद्यन्न, दुग्धजन्य पदार्थ, मासु र इन्धनको खुद्रा बिक्रि मूल्य समेत निर्धारण गरेको संघको मुख्य कार्यालय बाह्रबिसेका कार्यालय प्रमुख इश्वरी चालिसेले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्