२०८१ श्रावण १२
                           

कांग्रेस जुगल कार्यसमितिद्धारा पार्टी हित विपरीत काम गर्ने १७ जनालाइ कारवाही सिफारिस

जेठ २८ —नेपाली कांग्रेस सिन्धुपाल्चोकको जुगल गाउँपालिका कार्यसमितिले स्थानीय निर्वाचनमा पार्टी हित विपरीत काम गर्ने १७ जनालाइ कारवाही गर्न पार्टीलाई सिफारिस गरेको छ । जुगल गाउँपालिका कार्यसमितिको यहि जेठ २४ गते बसेको बैठकले गत बैशाख ३० गते सम्पन्न स्थानीय निर्वाचनमा पार्टीको गाउँपालिका कार्यसमितिको विभिन्न पदमा रहेर पनि अन्य पार्टीका उम्मेदवारहरुसंग अराजनैतिक साँठगाँठ गरि पार्टीको उम्मेदवारलाई निर्वाचित गराउन नकारात्मक भुमिका खेलेको निष्कर्ष निकाल्दै कारवाहीको लागि सिफारिस गरेको हो ।

कारवाहीको लागि सिफारिसमा परेकाहरुमा नेपाली कांग्रेस जुगल गाउँपालिका कार्यसमितिका सचिव सुवास तामाङ, सचिव रामचन्द्र तामाङ, प्रदेश सभा सदस्य ‘ ख’ का कर्साङ डोमा शेर्पा सहित १७ जना रहेका छन् ।

स्थानीय निर्वाचनमा पार्टीको बिधान विपरित अन्य दलका उम्मेदवारहरुसंग अराजनैतिक गतिविधि गरेर आफ्नै पार्टीका उम्मेदवारलाई हराउन भुमिका खेलेकोले उनीहरुलाइ कारवाही गर्नुपरेको सभापति सगुन श्रेष्ठले जानकारी दिनुभयो ।

‘ पार्टी हित विपरित काम गर्नेलाइ कारवाही त गर्नुपर्यो नि, कार्यसमिति बैठकले उनीहरुले पार्टीको विधान विपरित अनुशासनहिन काम गरेको निष्कर्ष सहित कारवाहीको लागि सिफारिस गरेका छौं आशा छ पार्टीले अवस्य कारवाही गर्ने छ र गर्नुपर्छ भन्ने मलाई लाग्छ, सभापति श्रेष्ठले भन्नुभयो‘ ।

प्रतिक्रिया दिनुहोस्