निर्मल बस्नेत १७ पौष, मेलम्ची । बागमती प्रदेश सरकारका मूख्य मन्त्री इन्द्र बाँनियाले नेपाल सरकारले सुरक्षाको उचित प्रवन्ध नगरेसम्म निर्धारित समयमा चुनाव हुन नसक्ने बताएका छन् । त्यसको लागि सरकारले विस्वासको वातावरण सिर्जना गरि जिम्मेबार भएर लाग्नुपर्नेमा उनको जोड छ । काठ्माणडौको मेयर वालेन्द्र शाहलाई लक्षित गर्दै उनले गाँजाको तालमा अफवा फिजाउने र शिंहदरवार जलाउनेहरुको पछाडी लाग्नेहरुले देशलाई अनिर्णयको बन्धी बनाउने खतरा बढेको आरोप लगाए । भाद्र २३ र २४ गतेको जेनजी आन्दोलन पछि बनेको सरकारले फागुन २१ मा प्रतिनिधी सभा निर्वाचनको लागि मिति तोकेको छ । जलवायु सम्मेलन २०८२ को अवसरमा सिन्धुपाल्चोकको गुफाडाँडा पुगेको बाँनियाले उक्त कुरामा जोड दिएका हुन् । लामाले प्राकृतिक बिपत्तिहरु जलवायु परिवर्तनको एक असर भएको तर्क गरेका छन् । मूख्यमन्त्री बाँनियाले मेलम्ची गुफाडाँडा हुदै पाँचपोखरी जाने सडकको लागि प्रदेश सरकारले आवश्यक बजेट व्यवस्थापन गर्ने प्रतिबद्धता जनाए । बानिँयाको बिकासलाई कहिल्यै पनि भोटसंग तुलना गर्न नहुने तर्क रहेको थियो ।
बानियाँले जोड दिदै भने ̎भोटसंग बिकास होइन बिकाससंग भोट उसै हुन्छ ” त्यसैले नेताहरुले त्यसबारे आफुलाई सुधार्नुपर्ने उनको तर्क छ । मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले गुफाडाँडालाई चियावगानको रुपमा बिकास गरि हिमाल हेर्ने वातावरण बनाउनुपर्नेमा जोड दिएका थिए । २०७५ सालमा तत्कालिन जिल्ला समन्वय समितिको प्रमुख कृष्णगोपाल तामाङले १० बुधे घोषणापत्र जारी गरि दिवश मनाउने कार्यको सुरुवात गरेकोमा त्यसको निरन्तरतामा यो दिवश कार्यक्रम गरिएको बताए । उनले कार्यक्रम निरन्तरता दिने प्रतिबद्धता जनाए । कार्यक्रममा जलवायु बिद्हरुले जलवायुको सन्दर्भमा बिचार र विमर्श गर्ने समय आएको बताए । उनीहरुले त्यसको लागि भविस्यमा जलवायूको रक्षाको लागि साझा धारणा र एकीकृत कार्यक्रम आवश्यकता औल्याएका थिए । कार्यक्रममा बोल्ने बक्ताहरुले जलवायूको बिश्वव्यापी बिषय बनेको र नेपाल पनि वातावरणीय विषयमा पक्षराष्ट्रको रुपमा रहेको तर्क गर्दै मानिसको जीवनशैली वातावरणमैत्री बन्नुपर्नेमा जोड दिएका थिए । साथै गुफडाँलाई बिपद्को समयमा सुरक्षित स्थान र पर्यटकीय रुपमा उपयुक्त स्थल भएको तर्क गरका छन् ।
उनीहरुले बिपद , पर्यटन र जलवायु परिवर्तनको सवालमा प्रदेश सरकारको धयानाकर्षण गराए भव्य स्थानीयहरुको उत्साहपुर्वक सहभागिातामा सम्पन्न कार्यक्रममा विभिन्न विद्यालयका बिद्यार्थीहरुले प्रस्तुत गरेको आकर्षक भिन्न भिन्न संस्कतिको झल्कने नृत्य र जातीय पहिचानसहितको झाँकीले थप मनोरञ्जन प्रदान गरेको थियो । गुफाडाँडामा पटक पटक गरिएको जलवायु सम्मेलन र दिवशको कार्यक्रमले आन्तरीक तथा वाह्य पर्यटकरुको आकर्षण बढेको छ ।
प्रतिक्रिया दिनुहोस्