२०८३ बैशाख २२

कठिन अवस्थामा पढिरहेका बालबालिकालाई ‘सहयोगी हातहरू’को साथ

सिन्धुपाल्चोक —सिन्धुपाल्चोकको जुगल गाउँपालिका अन्तर्गत रहेको क्याङसिङ आधारभूत विद्यालयमा अध्ययनरत बालबालिकाका लागि सहयोगी हातहरू संस्थाले शैक्षिक तथा मानवीय सहयोग गरेको छन् । चौरिगोठमै बसेर अध्ययन गर्न बाध्य २२ जना बालबालिकाको शैक्षिक जीवनमा राहत पुर्‍याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रमअन्तर्गत बालबालिकालाई एक–एक वर्षसम्म प्रयोग गर्न पुग्ने स्टेशनरी सामग्री (कपी, पेन्सिल, कलर र जेमेटी बक्स), विद्यालय पोसाकका रूपमा ट्र्याकसुट र टोपी प्रदान गरिएको थियो । साथै बालबालिकाको मानसिक, शारीरिक तथा सिर्जनात्मक विकासलाई ध्यानमा राख्दै क्यारम बोर्ड, चेस, लुडो, ब्याडमिन्टन, टेबल टेनिस, डोरी, क्युब, पजल र फुटबललगायत विविध खेलकुद सामग्री पनि हस्तान्तरण गरिएको आयोजकले बताएको छ ।


यसैगरी विद्यालय आसपासका वृद्धवृद्धालाई लक्षित गर्दै न्यानो ज्याकेट पनि वितरण गरिएको थियो यसले संस्था समाज र समुदाय प्रति उत्तरदायी रहेको प्रष्ट गराउछ ।
सीमित साधनस्रोत र प्रतिकूल अवस्थाबीच पनि बालबालिकाको अनुहारमा देखिएको खुसी र आँखामा झल्किएको आशाले कार्यक्रमको मानवीय महत्व स्पष्ट बनाएको छ । सहयोगी हातहरू संस्थाले बालबालिकाको उज्यालो भविष्य निर्माणका लागि यस्ता अभियानलाई निरन्तर अघि बढाउने प्रतिबद्धता जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्