२०८१ श्रावण १२
                           

चौतारा बजार सरसफाई

बैशाख २९, सिन्धुपाल्चोक ।सनिबार विहान चौतारा बजार सरसफाई गरिएको छ । विहान चौताराबासी, कर्मचारी, प्रहरी, समाजसेवी तथा युवाहरुले बजार सरसफाई गरेका हुन् ।

जिल्लाको सदरमुकाम समेत रहेको चौतारा बजार स्वच्छ र सफा राख्ने उद्धेश्यले सरसफाई कार्यक्रम गरिएको सहभागीहरुले बताएका छन् । यस्ता सामुहिक सरसफाई कार्यक्रमले वातावरण स्वच्छ राख्न समाजमा सकारात्मक भुमिका समेत खेल्दछ ।

सामुहिक सरसफाई कार्यक्रमले आफ्नो घरवरपर, सार्वजनिक स्थलहरु सफा राख्न र फोहोर ब्यवस्थापन गर्न प्रेरित गर्ने उनिहरुले बताएका छन् । सब डिभिजन वन कार्यलय चौताराको आयोजनामा चौतारा बजार सरसफाई गरिएको हो । साथै चौतारा साँगाचोक गढी नगरपालिका, सामुदाय प्रहरी साँझेदारी, चौतारा स्पोर्टिङ क्लव लगायतको समन्वयमा सरसफाई भएको हो ।

प्रतिक्रिया दिनुहोस्