२०८२ फाल्गुन २९

पाख्रीन तामाङ समाजको ऐतिहासिक तेस्रो अधिवेशन सम्पन्न

पाख्रीन तामाङ समाजका सल्लाहकार, संविधानसभा सदस्य एवम् पूर्वमन्त्री दिलमान पाख्रीनले पाख्रीन वंश केवल एक थर मात्र नभई तामाङ समुदायको सभ्यता, संस्कार र इतिहास बोकेको गौरवपूर्ण पहिचान भएको बताउनु भयो ।

प्रमुख अतिथि एवम् पाख्रीन तामाङ समाजका संरक्षक समेत रहेका तामाङले हाम्रा कुलदेवता, भाब्सा, ठुङ्सा र वंशावलीको वैज्ञानिक र ऐतिहासिक खोज अनुसन्धान आजको आवश्यकता रहेको धारणा राख्दै आफ्नै इतिहास नचिन्ने समुदायले भविष्यको बाटो पहिल्याउन नसक्ने जिकिर गर्नु भयो । उहाँले विश्वभर छरिएर रहेका पाख्रीन वंशजहरूलाई एकताको सूत्रमा बाँध्दै शिक्षा, संस्कृति र सामाजिक नेतृत्वमा अगाडि बढ्न आग्रह गर्नुभयो।

पाँचपोखरी थाङपाल गाउँपालिका वडा नं. ४ अन्तर्गत पर्ने ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा पर्यटकीय महत्त्व बोकेको स्थलमा सम्पन्न अधिवेशनमा पूर्वसचिव धनबहादुर पाख्रीनले समाजलाई भावनात्मक मात्र नभई संस्थागत रूपमा सबल बनाउनु पर्ने बताउँदै नीति, योजना र दीर्घकालीन सोचसहित अघि बढेमा समाजले राष्ट्रिय तहमा प्रभावशाली भूमिका खेल्न सक्ने धारणा राख्नुभयो।

पाँचपोखरी गाउँपालिका अध्यक्ष टासी लामाले पाख्रीन समाजले वंशको पहिचान, इतिहास, संस्कृति र सम्पदाको संरक्षणका लागि स्थानीय सरकारको तर्फबाट आवश्यक सहयोग रहने प्रतिबद्धता जनाउनु भयो ।

ककनी गाउँपालिका अध्यक्ष सुमन पाख्रीन तामाङ्ले आफ्नो मौलिक संस्कृति, धार्मिक परम्परा र ऐतिहासिक दस्तावेजहरूलाई व्यवस्थित रूपमा संरक्षण र अभिलेखीकरण गर्नुपर्नेमा जोड दिंदै त्यसमा आफ्नो पुर्न सहयोग रहने प्रतिवद्वता गर्नु भयो ।

त्यस्तै, इतिहासकार एवम् लेखक रबिन्द्र तामाङले पाख्रीन वंशको उत्पत्ति, बसाइँसराइ र सामाजिक संरचनामाथि थप अनुसन्धान आवश्यक रहेको उल्लेख गर्दै, “इतिहास लेखिनु मात्र होइन, प्रमाणसहित डिजिलाईजेशन सहित पुस्तान्तरण गर्नु अत्यन्त महत्वपूर्ण रहेको धारणा राख्नुभयो।

पाख्रीन तामाङ समाजका अध्यक्ष शुक्र पाख्रीनको अध्यक्षता सम्पन्न ऐतिहासिक तेस्रो अधिवेशनले छिरिङ दोर्जे पाख्रीनको नेतृत्वमा तपशील बमोजिमको नयाँ कार्यसमिति चयन गरेको छ ।
अध्यक्ष: छिरिङ दाेर्जे पाख्रिन (मकवानपुर )
उपाध्यक्ष : ज्ञान बा. पाख्रिन (चितवन)
उपाध्यक्ष : बशन्ती पाख्रिन (दाेलखा)
उपाध्यक्ष : काेसी प्रदेश पछि मनाेनित गरिने
महासचिव : हिमाल पाख्रिन (सिन्धुपाल्चोक )
सचिव : दिपा पाख्रिन (रामेछाप )
सचिव : प्रतिक पाख्रिन ( काभ्रे )
सचिव: पल्लब पाख्रिन (रामेछाप )
काेषाध्यक्ष : तेन्जिङ पाल्दाेन पाख्रिन( तनहु)

केन्द्रीय सदस्यहरू
प्रताब पाख्रिन (पर्सा )
केवल पाख्रिन -ईलाम
बुद्व पाख्रिन -काभ्रे
सन्च वीर पाख्रिन -सिन्धुपाल्चोक
हित ब पाख्रिन -सिन्धुपाल्चोक
जंग ब पाख्रिन -सिन्धुपाल्चोक
जीवन पाख्रिन -काभ्रे
जित ब तामाङ -दाेलखा
मकल पाख्रिन -दाेलखा
दिल ब तामाङ -माेरङ
सुब्बा लाल तामाङ -चितवन
चाेचल राज पाख्रिन -सिन्धुली
किसाेर पाख्रिन काठमाडौ
रत्न तामाङ -नुवाकोट
चक्र पाख्रिन -नुवाकोट
हस्त पाख्रिन -सुनसरी
साेनम पाख्रिन -सिन्धुपाल्चोक
साेम्फे पाख्रिन -काठमाडौ
सुवास पाख्रिन -झापा
पवन पाख्रिन -रामेछाप
हर्क पाख्रिन -सुनसरी

कार्यक्रममा लिखु तामाकोशी गाउँपालिकाकी उपाध्यक्ष दिपा पाख्रीन, गोले समाज अध्यक्ष  र घिसिङ समाजका महासचिव र  समाजका अग्रज ब्यक्तित्वहरु लगायत विशिष्ट व्यक्तित्वहरूको विशेष सहभागीता रहेको थियो।

अधिवेशनले पाख्रीन समाजलाई एकीकृत गर्दै पहिचान, अनुसन्धान र नेतृत्व विकासमार्फत समाजलाई अग्रणी स्थानमा पुर्‍याउने संकल्पका साथ सम्पन्न भएको छ।

1000045445-1766809407.jpg
1000045444-1766809441.jpg
1000045443-1766809459.jpg
1000045443-1766809459.jpg

 

राष्ट्रिय अनलाइनबाट

प्रतिक्रिया दिनुहोस्