२०८१ जेष्ठ ९

संघठित हुँदै तामाङहरु

संघठित हुँदै तामाङहरु

जिल्लामा रहेका सम्पुर्ण तामाङहरु संघठित हुने क्रम बढेको छ । शनिबार एक कार्यक्रमका बिच चौतारा नगरपालिका वडा नं १० मा पनि कमान सिंह तामाङको अध्यक्षतामा १७ सदस्यीय तामाङ घेदुङ वडा कमिटि गठन भएको छ । यसअघि नै नगरपालिकाका ७ वटा वडामा तामाङ घेदुङ गठन भइसकेको छ । नगर प्रमुख तामाङको उपस्थितिमा भएको प्रथम भेला तथा प्रशिक्षण कार्यक्रममा कमिटि गठन गरिएको हो । उक्त प्रशिक्षण कार्यक्रमको सम्बोधन गर्दै नगर प्रमुख तामाङले भने यस कार्यक्रमले मायाको संजाल बढाउने र सम्पुर्ण तामाङको दुख शुखमा साथ दिन सहयोग गर्ने बताए । तामाङले भने अाफुसँग भएको सम्पुर्ण कुराहरुको एक अापसमा साटासाट गरे मात्रै धर्म सास्कृति र रितिरिवाजको जगेर्ना हुने हुदा हामी सबै संघठित भएर अगाडि बढनु पर्दछ । तामाङको मात्रै हैन सम्पुर्ण जातजातिको यसैगरि संघठित र एकता गरेर अाफ्नो सास्कृती ,परम्परा र रितिरिवाज जगेर्ना गर्नुपर्ने समेत उनले बताए ।संघठित हुँदै तामाङहरु

उक्त कार्यक्रममा विशेष अतिथि नेपाल कम्युनिष्ट पार्टी नेकपाका इन्चार्ज रमचन्द्र बस्नेतले तामाङ घेदुङ कुनैपनि पार्टीको संघठन नभएको भन्दै हामी सबै मिलेर हाम्रो सास्कृतिक तथा रितिरिवाजको जगेर्ना गर्नको लागि सबै संघठित भएर लाग्नुपर्ने कुरामा जोड दिए । उनले भने भित्रीदो बिदेशि संस्कृतिलाई बिरोध र अाफ्नो संस्कृति जगाउने यि र यस्ता कार्यक्रमले अाफ्नोपन झल्काएको छ । उक्त कार्यक्रम ६३ बर्ष पछि तामाङ जातिको धर्म,संस्कृति, रितिरिवाज जगेर्ना गर्दै तामाङ जातिको अार्थिक शैक्षिक तथा व्यक्तित्व बिकासको लागि यो कार्यक्रमको थालनि गरिएको नगर घेदुङ संघठनका सल्लाहाकार संयोजक बिष्णु तामाङले बताए । उक्त कार्यक्रममा गायक अास्मान लोप्चन लगायतका राष्ट्रिय कलाकारको बेजोड प्रस्तुति सहित वडाका लामा बाट झाक्रि तथा लामा नाच सहितको बेजोड सास्कृतिक प्रस्तुत भएको थियोे । कुनैपनि तामाङ समुदायमा छिर्दा तामाङको संस्कार र संस्कृतिले तामाङको पहिचान दिनको लागि हामी चुकेका छौ हामिले हाम्रो पुस्तालाई यो पहिचान, संस्कार र संस्कृति हस्तान्तरण गर्न जरुरि छ यसैको लागि हामी यो अभियानमा लागेका हौ तामाङ घेदुङ का नगर सल्लाहाकार उजार सिंह तामाले भने । उक्त कार्यक्रममा वडा अध्यक्ष बिध्यलयका प्रअ तथा ब्यवस्थापन समितिका अध्यक्ष लगायतका तामाङ समुदायको बाक्लो उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्