२०८१ श्रावण १२
                           

नेकपा (एकीकृत समाजवादी) सिन्धुपाल्चोकको अध्यक्षमा नवराज पौडल चयन

नेकपा (एकीकृत समाजवादी) सिन्धुपाल्चोकको अध्यक्ष नवराज पौडल चयन हुनु भएको छ ।

हिजो शनिबार भएको जिल्ला अधिवेशनले पौडेलको अध्यक्षतामा सात पदाधिकारीसहित ८५ सदस्यीय कमिटी चयन गरेको हो ।
अधिवेशनले उपाध्यक्षमा छिरिङग्याल्बु लामा र अनिता लामालाई चयन गरेको छ ।

त्यस्तै सचिवमा दीपक नेपाल, उपसचिवमा कुमारराज घतानी, नरेन्द्र खड्का र रवि भण्डारी रहेका छन् ।
अधिवेशनको उद्घाटन अध्यक्ष एवम पूर्व प्रधानमन्त्री माधव्कुमार नेपालले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्