चौतारा । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा सिन्धुपाल्चोकको कार्यालय व्यवस्थापनको लागि सहयोग सामाग्री प्राप्त भएको छ ।
थापा इन्टरप्राइजेजका सञ्चालक, युवा नेता एवम् समाजसेवी भूपेन्द्र थापाले सदरमुकाम चौतारास्थित प्रेसचोकमा रहेको शाखाको कार्यालयको झ्यालको लागि छड, पर्दालगायत सामाग्री प्रदान गरेका हुन् ।
थापाले १७ वटा (११९ फिट) छड र २० झ्लाको लागि २० जोर (४० वटा) पर्दा र जडानको लागि आवश्यक अन्य सामाग्री सहयोग स्वरुप उपलब्ध गराएका हुन् । साताअघि उनले १० झ्यालका लागि छड र पर्दा उपलब्ध गराएका थिए ।
शाखा कार्यालयको बाँकी १० झ्यालको लागि पनि छद,पर्दा उपलब्ध गराउने भन्दै समाजसेवी थापाले थप सामाग्री उपलब्ध गराएका हुन् । चौतारामा रहेको पसलमै बोलाएर उनले आइतबार शाखा अध्यक्ष ध्रुव दंगाललाई सामाग्री हस्तान्तरण गरेका थिए ।
३० हजार रुपैयाँ बराबरको सामाग्री उपलब्ध गराएकोमा शाखाले समाजसेवी थापालाई धन्यवाद ज्ञापन गरेको छ । खाको संस्थागत विकासको लागि आगामी दिनमा समेत आवश्यक सहयोग प्रदान गर्ने थापाले प्रतिवद्धतासमेत जनाएका छन् ।
शाखाको बैठक कक्ष, बहुउद्धेश्यीय कक्षसहित आठ कोठाको साढे तीन तले कार्यालय भवन छ । शाखाले कार्यालय भवनको मर्मत, सम्भारलगायत संस्थगत क्षमता विकासको काम गरिरहेको छ ।
रेडियो सिन्धुबाट
प्रतिक्रिया दिनुहोस्