२०८१ श्रावण १२
                           

६० जना युवाले निशुल्क तालिम लिदै

बैशाख २८ , सिन्धुपाल्चोक । प्रदेश युवा परिषद बागमतीले आयोजना गरिएको निशुल्क सिप मुलक तालिम शुक्रबारदेखि चौतारामा पनि सुरु भएको छ । ब्युटीपार्लर, फेसन डिजाइनर र टेलरिङ विधाका तालिममा २० जनाका दरले जम्मा ६० जना सहभागी भएका छन् ।

सो तालिमको चौतारा साँगाचोकगढी नगरपालिका मेयर कृष्ण प्रसाद सापकोटाले शुक्रबार उद्घाटन गरेका हुन् । तालिम सिटिइभिटीको मापदण्ड अनुसार ३ सय ९० घण्टा सञ्चालन हुने जिल्ला युवा समिति सिन्धुपाल्चोकले जनाएको छ ।
व्यवसायीक रुपमा काम गर्ने गरी योजना बनाएर व्यवसाय गर्दा उपयुक्त हुने मेयर सापकोटाले बताए । तालिममा सहभागी युवाहरुलाई सिप सिकेर आत्मनिर्भर हुनुपर्ने उपमेयर सिता थापाले बताइन् ।

बागमती प्रदेश सामाजिक विकास मन्त्रालय प्रदेश युवा परिषद्ले सिन्धुपाल्चोक सहित १३ वटै जिल्लामा २१ विधाका निशुल्क तालिम लिन आवेदन आह्वान गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्