२०८२ पुष ६

समाज विकास माविको ३७औँ वार्षिकोत्सवमा न्यानो सहयोग र गुरु सम्मान

सिन्धुपाल्चोक । चौतारा साँगाचोकगढी नगरपालिका–३, खाले स्थित श्री समाज विकास माध्यमिक विद्यालयको ३७औँ वार्षिकोत्सव समारोह को अवसरमा विद्यार्थीहरूलाई न्यानो कपडा तथा ट्र्याकसुट वितरण गरिएको छ।


राम ज्योति फाउन्डेसनको सहयोगमा कुल २ सय १० थान ट्र्याकसुट वितरण गर्ने घोषणा गरिएकोमा पहिलो चरणमा करिब १ सय थान विद्यार्थीहरूलाई उपलब्ध गराइएको छ भने बाँकी सामग्री छिट्टै वितरण गरिने जनाइएको छ।


कार्यक्रममा विद्यालयमा दीर्घकालीन योगदान पुर्‍याएका शिक्षक नेत्रबहादुर थापा र निर्मला थापा लाई सम्मान गरिएको थियो ।
समारोहलाई सम्बोधन गर्दै नगर उपप्रमुखले शिक्षा क्षेत्रमा शिक्षक र विद्यार्थी संख्याबीच सन्तुलन नहुँदा व्यवस्थापन चुनौतीपूर्ण बनेको उल्लेख गरिन् । उनले शिक्षा जस्तो पवित्र क्षेत्रमा राजनीति प्रवेश गर्नु उपयुक्त नहुने भन्दै राजनीति चुनावी अवधिसम्म सीमित राख्नुपर्नेमा जोड दिइन् ।
२०४६ सालमा स्थापना भएको समाज विकास माध्यमिक विद्यालयले शिक्षा मार्फत समाज रूपान्तरण गर्ने उद्देश्यसहित निरन्तर योगदान दिँदै आएको विद्यालयले जनाएको छ ।
कार्यक्रममा विद्यालय परिवार, अभिभावक, भूतपूर्व विद्यार्थी तथा स्थानीय समुदायको उल्लेख्य उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्