सिन्धुपाल्चोक ,१४ माघ
जिल्ला खेलकुद विकास समिति, सिन्धुपाल्चोकद्वारा आयोजित १० औं जिल्ला स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८० को उपाधि चौतारा साँगाचोकगढी नगरपालिकाले जितेको छ ।
सदरमुकाम चौतारास्थित मिनी रंगाशालामा आइतबार सम्पन्न फाइनल खेलमा चौतारा साँगाचोकगढी नगरपालिका ४१ स्वर्ण जित्दै राष्ट्रपति रनिङ शिल्ड हात पार्न सफल भएको हो। यस्तै सुनकोसी गाउँपालिका ७ स्वर्ण सहित दोस्रो र मेलम्ची नगरपालिका ६ स्वर्ण सहित तेस्रो भएको छ ।
जिल्ला स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको समापन प्रतिनिधिसभा सदस्य माधब सापकोटा ’सुबोध ’ को प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
प्रतिक्रिया दिनुहोस्