सिन्धुपाल्चोकमा ३४औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस विभिन्न सामाजिक सहयोग कार्यक्रमसहित मनाइएको छ
।
डडुवास्थित नेत्रज्योति कृषि सहकारी संस्थाको समन्वयमा लायन्स क्लव अफ काठमाडौं सिन्धु चौतारा सिटीले डडुवामा १०० जना र भिमटारमा २७ जना अपाङ्गता भएका व्यक्ति तथा ज्येष्ठ नागरिकलाई जाडोयाममा आवश्यक पर्ने न्यानो कपडा कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेशका सहकारी तथा गरिबी निवारण मन्त्री रायमाझी पौडेलले वितरण गरेको हो ।
यसैगरी श्री सेतीदेवी आधारभूत विद्यालयका ४ जना, श्री भवानीशंकर माध्यमिक विद्यालयका ४ जना असहाय विद्यार्थीलाई स्कूल झोला तथा शैक्षिक सामग्री हस्तान्तरण गरिएको छ।
भिमटारस्थित श्री झमलादेवी आधारभूत विद्यालयका ३० जना विद्यार्थीलाई समेत झोला र शैक्षिक सामग्री प्रदान गरिएको छ ।
त्यसैगरी सोही विद्यालयका ४ जना महिला शिक्षिकालाई सेनेटरी प्याड पनि वितरण गरिएको लायन्स क्लावका प्रतिनिधि कविन्द्र दुलालले जानकारी दिए ।
लायन्स क्लव अफ काठमाडौं सिन्धु चौतारा सिटीले सरसफाई, विद्यालय पोषक, विभिन्न विद्यालयमा शैक्षिक सामाग्री र अशक्त र असाहय बालबालिका र वृद्धवृद्धालाई सिरक डस्ना पनि वितरण गरि सामाजिक कार्यगर्दै आएको छ ।
स्वर्णयुगबाट
प्रतिक्रिया दिनुहोस्