२०८१ श्रावण १२
                           

आलु जस्तो लवको अफिसियल टेलर सार्वजनिक

साउन १२ – युवा पुस्तालाई लक्षित गरि तयार पारिएको आलु जस्तो लवको अफिसियल टेलर सार्वजनिक गरिएको छ । आज बानेश्वर थापागाँउमा एक कार्यक्रम विच टेलर सार्वजनिक गरिएको हो । टेलर सार्वजनिक कार्यक्रममा बोल्दै लेखक निर्देशन देव धिमालले आफनो मेहेनतलाई दर्शकले स्विकार्नु हुन्छ हुदैन आगामी दिनले देखाउनेछ दर्शकले दिएको ताली गाली मलाई स्विकार्य छ भन्नुभयो ।

“यो मेरो लागि चुनौती र अवसर दुवै रुपमा लिएको छु । “उहाले भन्नुभयो । सिरिजमा सबै कलाकार युवा र नयाँ हुनुका साथै कथावस्तु पनि अहिलेको युवाहरुको प्रेममा आउने आरोह अवरोहको विषयमा केन्द्रित हुदा युवापुस्ताले मन पराउने बिश्वास निर्माण पक्षको छ । सिरिजलाई टेलिभिजनहरु संग पनि कुराकानी गरिरहेका हुदा सायद चाडैं टेलिभिजनमा पनि दर्शकले हेर्न पाउने छन् । नयाँ कलाकारहरुको उल्लेखिय उपस्थिति रहेको यस सिरिजको मुख्य भुमिकामा दिवस नाथ, प्रियंका श्रेष्ठ ,प्रियन्सी श्रेष्ठ ,सोनियो रन्जित ,पुनम परियार ,सुमन थोप्रा लिम्बू ,भिमसेन खतिवडा ,राजकुमार शाह,विजय राज भुर्तेल,राजिव धिमाल कृष्णप्रसाद धिताल ,सविना गहतराज रोजिना गौतम अर्जुन थापा लगायतको अभिनय रहेको छ ।
विजयराज फिल्मसको सहकार्यमा निर्माण गरिएको सिरिजको छायांकन नमराज घिमिरे – प्रवेश राईले गरेका छन भने विजय राज भुर्तेल सम्पादन रहेको सिरिजको मन्जु कुमारी फुयाँल र अनिता सुवेदी धिमालको लगानी रहेको रहेको छ । टेलर आलु जस्तो लव युटुव च्यानल बाट सार्वजनिक गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्