सिन्धुपाल्चोक — चौतारा साँगाचोकगढी नगरपालिकाले लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानलाई व्यवहारमै उतार्दै मंगलबार सार्वजनिक यातायात केन्द्रित विशेष अनुगमन गरेको छ । बसपार्कदेखि टुडिखेल वरपर चल्ने सवारी साधनहरूको अवस्थाबारे नजिकबाट हेर्दै नगरले लैङ्गिक मैत्री सेवा कति प्रभावकारी छ भन्ने मूल्यांकन गरेको हो ।

अनुगमनको क्रममा सार्वजनिक गाडीहरूमा लैङ्गिक हिंसा रोकथामसम्बन्धी सन्देशमुलक स्टिकर टासिने काम समेत गरियो थियो । नगर उपप्रमुख सिता थापाले यात्रुहरू, विशेषगरी महिला, जेष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिहरू सुरक्षित रहून् भन्ने अपेक्षासहित यो पहल अघि बढाइएको बताइन् । उनका अनुसार, दैनिक यात्रामा देखिने सूक्ष्म प्रकारका दुर्व्यवहारलाई न्यूनिकरण गर्दै सार्वजनिक स्थानमै सचेतना फैलाउन यस्तो अभियान उपयोगी रहेने विश्वास लिइएको छ ।
कार्यक्रममा नगरपालिका, महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखा, महिला सञ्जाल, पत्रकार र नेपाल प्रहरीले समेत सक्रिय रूपमा साथ दिएको थियो । सहभागीहरूले चालक–सहचालकलाई यात्रुहरूप्रति जिम्मेवार र संवेदनशील हुन प्रेरित गरेका थिए ।
स्थानीय तहबाटै सुरु गरिएको यो प्रयासले हिंसा रोकथामका विषयहरूलाई जनजीवनसँग जोड्ने र समुदायमा दीर्घकालीन सचेतना बढाउने अपेक्षा नगरपालिकाले राखेको छ ।
प्रतिक्रिया दिनुहोस्