२०८१ श्रावण १२
                           

अखिल नेपाल महिला संघ क्रान्तिकारी सिन्धुपाल्चोकको अध्यक्षमा तारादेवी

बैशाख २९,सिन्धुपाल्चोक ।अखिल नेपाल महिला संघ क्रान्तिकारी सिन्धुपाल्चोकको अध्यक्षमा तारादेवी राना चयन हुनुभएको छ।
सिन्धुपाल्चोक बलेफीमा शनिबार सम्पन्न सङ्घको एघारौं सम्मेलनबाट अध्यक्षमा रानासहित ३५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको हो ।

सम्मेलनले उपाध्यक्षमा सुजाता तिमल्सिना र निर्जला दर्जी चयन गरेको छ। सचिवमा भने राममाया तामाङ लाई चयन गरेको छ। सम्मेलनले कोषाध्यक्षमा मिना नेपाल दुलाललाई जिम्मेवारी दिएको छ ।
त्यस्तै सदस्यहरूमा लक्ष्मी प्रधान,शर्मिला श्रेष्ठ, पेमा मोक्तान, प्रतिमा पराजुली दाहाल, लक्ष्मी माया तामाङ, देवकी पौडेल, मैना तामाङ, शर्मिला खड्का ,गीता कोजु, अम्बिका गौतम, विष्णु माया तामाङ, मिना शर्मा, सावित्री दंगाल, मनमाया नेपाल, सरस्वती दङ्गाल, अपेक्षा आचार्य, पार्वती रायमाझी, मैती लामा, निता दनुवार रविना आचार्य निलामु तामाङ श्रद्धा थामी, बोमा थामी, अरुणा बिक, सीता दनुवार पवित्रा खड्का रहेका छन् ।

अखिल नेपाल महिला संघकी केन्द्रीय उपाध्यक्ष एवं संघिय सांसद बिमला सुवेदीकाे प्रमुख आतिथ्यतामा भएको सम्मेलनमा माओवादी केन्द्रीय सदस्य एवम बागमती प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री युवराज दुलाल, प्रेदेश सांसद अमृता नेपाल माओवादी केन्द्र जिल्ला संयोजक गोबिन्द पराजुली , संघकि पूर्व अध्यक्ष जानुका पराजुली लगायतका वक्ताहरुले सम्बोधन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्