२०८२ कार्तिक ११

मेलम्चीमा आगलागी पीडित व्यवसायीलाई सहयोग रकम हस्तान्तरण

मेलम्ची — मेलम्चीमा गत कात्तिक ५ गते भएको भीषण आगलागीबाट पूर्णरूपमा क्षति पुगेका अधिकारी फेन्सी स्टोर र धनलक्ष्मी ज्वेलर्सका पीडित व्यवसायीहरूलाई मेलम्ची नगर उद्योग वाणिज्य संघको पहलमा संकलित सहयोग रकम हस्तान्तरण गरिएको छ ।

संघद्वारा संकलित रकम आज सोमबार दिउँसो २ बजे एक कार्यक्रमबीच पीडित व्यवसायीहरूलाई हस्तान्तरण गरिएको हो। कुल रू. ८ लाख ३४ हजार १ सय ५१ संकलन भएको संघले जनाएको छ ।

सहयोग रकममध्ये रू. ५० हजार धनलक्ष्मी ज्वेलर्सका सञ्चालकलाई र बाँकी रू. ७ लाख ८४ हजार १ सय ५१ अधिकारी फेन्सी स्टोरका सञ्चालक दिनेेश अधिकारीलाई हस्तान्तरण गरिएको हो ।

उक्त सहयोग रकम संघका अध्यक्ष पुष्कर धिताल र महासचिव तारा बानियाँले संयुक्त रूपमा पीडित व्यवसायीहरूलाई हस्तान्तरण गरेका थिए ।

कार्यक्रमका क्रममा अध्यक्ष धितालले आगलागीबाट प्रभावित व्यवसायीहरूको पुनःस्थापनाका लागि निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै सहयोग अभियानमा सहभागी सबै दाताहरूप्रति धन्यवाद ज्ञापन गरे ।

 

रेडियो मिसनबाट

प्रतिक्रिया दिनुहोस्