२०८२ कार्तिक ३

हिराहरी तेक्वान्दो डोजाङ्गमा जुनियर ग्रेडिङ सम्पन्न

चौतारा । नेपाल तेक्वान्दो संघको नियमित कार्यक्रम अन्तर्गत चौतारास्थित हिराहरी तेक्वान्दो डोजाङ्गमा प्रशिक्षणरत खेलाडीहरूको जुनियर बेल्ट प्रमोशन टेस्ट (ग्रेडिङ) भव्य रुपमा सम्पन्न भएको छ ।

कार्यक्रममा सिनियर खेलाडीहरू मेनुका श्रेष्ठ, सचिन तामाङ, प्रवेश नेपाल, निभा श्रेष्ठ, युग काफ्ले, रेगिना गुरुङ, कृन्जल दंगाल लगायत अभिभावकहरूको उल्लेख्य उपस्थिति रहेको थियो । साथै सोही अवसरमा सिनियर खेलाडीहरूलाई प्रमाणपत्र समेत वितरण गरिएको थियो ।

ग्रेडिङमा सेतो पेटीतर्फ प्रान्जल श्रेष्ठ, ज्वाला तामाङ, आरोशी तामाङ, करिस्मा घले, एलिना दंगाल सफल भएका छन् । त्यस्तै, पहेँलो पेटीतर्फ रेमन श्रेष्ठले डबल प्रमोसन सहित सफलता हासिल गरेका छन् भने अन्य सहभागीहरू पनि उतीर्ण भएका छन् ।

सिन्धुपाल्चोकका सिनियर प्रशिक्षक तथा डोजाङ्ग प्रमुख, कालो पेटी छैठौँ डान रमेश गुरुङले ग्रेडिङ सञ्चालन गरेका थिए  ।

प्रतिक्रिया दिनुहोस्