२०८१ मंसिर २३
                           

पूर्व भौतिक पूर्वाधार विकास मन्त्री दुलालको दुइ वर्षे प्रगति सार्वजनिक

सिन्धुपाल्चोक – बागमती प्रदेश सभा सदस्य एवं पूर्व भौतिक पूर्वाधार विकास मन्त्री युवराज दुलाल ‘शरद’ ले दुइ वर्षको प्रगति प्रतिवेदन सार्वजनिक गरेका छन । सिन्धुपाल्चोक निर्वाचन क्षेत्र नं २ क  बाट निर्वाचित दुलालले करिव १८ महिना प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रिको जिम्मेवारीमा रहेंर काम गरेका थिए । भने बाकी अवधी प्रदेश सभा सदस्यको जिम्मेवारीमा रहेर काम गर्दै गर्दा दुलालले दुइ वर्ष कार्यकाल पुरा भएको अवसरमा संक्षिप्त प्रगति प्रतिवेदन सार्वजनिक गरेका हुन ।

पूर्वमन्त्रि दुलालले जवाफदेयीता र पारदर्शिताको हिसावले उचित ठानेर दोश्रो वर्ष पुन  कार्य विवरण प्रस्तुत गरेको बताउदै निर्वाचन क्षेत्रका विविध कार्यक्रममा सहभागि भएको, जनताको दुःख सुखमा जनप्रतिनिधिको भूमिका निभाएको , निर्वाचन क्षेत्र सहित सिंगो २ नं. प्रतिनिधी सभा स्तरमा विकास निर्माण सम्बन्धि कार्य गरेको प्रतिवेदनमा उल्लेख छ । उनले जनताको मार्गदर्शन र सुझाव अनुसार काम गरिरहेको र आफ्नो जिम्मेवारीप्रतिको लगाव र जनताको आफुप्रतिको विश्वास नै मुख्य कुरा भएको बताएका छन् ।

निर्वाचनका समयमा मतदातासँग गरिएका प्रतिवद्धताहरुलाई चार समूहमा विभाजन गरी स्मरण गर्न चाहेको भन्दै पूर्वमन्त्री दुलालले प्रतिवेदनमा भनेका छन् एक ः जनताको दुःख सुखको सारथी बन्नेछु, दुइ ः विकासको बाकस लिएर आउनेछु, तीन ः नीति एवं कानून निर्माणमा आफ्नो भूमिका निर्वाह गर्नेछु । चार ः साझा जनप्रतिनिधि भएर काम गर्नेछु ।

पूर्वमन्त्रि दुलालले मन्त्रालय मातहत जिल्लाहरुमा रहेका सबै कार्यालयको निरिक्षण, अनुगमन र बैठक गरी जिल्लाहरुमा कार्यान्वयनमा रहेका म्याद सकिएका जिर्ण योजनाहरुको अनुगमन, सम्बन्धित निर्माण व्यवसायीहरुसंग बैठक र योजनाको गुणस्तरियता कायम राखी छिट्टै निर्माण कार्य सम्पन्न गर्न आवश्यक निर्णय र पहलकदमीमा निरन्तर क्रियाशिल रहेको बताए । जनप्रतिनिधिको रुपमा जनताप्रति समर्पित भएर निरन्तर जनसेवा र विकास निर्माण कार्य, कानून निर्माण, कानूनी अध्ययन लगायतको विषयमा क्रियाशिल रहेको समेत बताए । उनले भने मेरो एउटा सपना र विकासको नयाँ भिजन छ, त्यसैलाई अर्जुन दृष्टि बनाएर काम गरिरहेको छु । मैंले प्रतिनिधित्व गरेको प्रदेश सभा विकासमा नमूना बनाउने भनेर योजनावद्धरुपमा लागिरहेको छु प्रतिवेदनमा उल्लेख छ ।

 

पूर्वमन्त्री दुलालको प्रदेश सभा र सरकारमा दुइ बर्षमा सम्पादित कार्यको संक्षिप्त प्रगति प्रतिवेदन यस्तो छ ।

निर्वाचन क्षेत्रका विविध कार्यक्रममा सहभागिता ः पहिालो वर्ष झैं ः निर्वाचन क्षेत्रका शैक्षिक संस्था, सहकारी, खेलकुद आदि कार्यक्रममा सहभागिता, विकास निर्माणका योजनाहरुको शिलान्यास, सम्पन्न योजनाको उद्घाटन, विकास निर्माण कार्यको अनुगमन, प्राकृतिक विपत कार्यमा सहयोगको भूमिका जनतासँग भेटघाट, जनगुुनासो सुनुवाइ आदि गरिरहेको छु ।
जनताको दुःख सुखमा जनप्रतिनिधिको भूमिकामा ः आफन्तको मृत्युभइ शोकमा रहेका परिवारसंग भेटघाट र समवेदना एवं सान्त्वना प्रदान, घाइते तथा विरामी भेटघाट र उपचारमा सहजता र सहयोग, बैदेशिक रोजगार पीडितका समस्या समाधानमा पहल, विवाह, ब्रतबन्ध, सप्ताह, पुजा जस्ता साँस्कृतिक एवं धार्मिक कार्यमा सहभागिता, अन्य व्यक्तिगत मुद्दामामिलामा सहजीकरण जस्ता जनसेवाका कार्यमा संभव भएसम्म सहभागिता भएको छ ।

निर्वाचन क्षेत्र सहित सिंगो २ नं. प्रतिनिधी सभा स्तरमा विकास निर्माण सम्बन्धि कार्यः
क) ठूला योजना ः
१. दिनेश राम्जी बहुप्राविधक शिक्षालयको आफ्नै नवनिर्मित भवनबाट पठनपाठन सञ्चालन । नयाँ प्रशासनिक, क्यान्टिन र एकेडेमिक भवन निर्माण कार्यको लागि बजेट व्यवस्था सहित निर्माण कार्य प्रारम्भ गरिएको ।
२. चौतारा रंगशाला निर्माण कार्यमा निर्माण व्यवसायी पक्षलाई काम गर्ने वातावरण निर्माण गरी नयाँ विल्डिंग निर्माण सम्पन्न हुन लागेको । हाल ठेक्काको म्याद सकिएकोले आएको चुनौति हल गर्न निरन्तर प्रयासरत रहेको छु ।
३. चौतारा सिपाघाट कात्तिके काठमाण्डौ सडक अन्तर्गत झ्याडी देउराली खण्डको निर्माण कार्य गत बर्ष नै सम्पन्न हुनु पर्नेमा निर्माण व्यवसायीले कार्य ढिला गर्दा र बर्षा छिटै सुरु भएकोले थप तीन किलोमिटर मात्र पिच भएको र बाकी यस वर्ष सम्पन्न हुने गरी बजेट व्यवस्था,
४.जिल्लाकै महत्वपूर्ण सडकको रुपमा रहेको नौविसे चौतारा नवलपुर मेलम्ची सडक करिव ४२ कि.मि. पुरै कालो पत्रे हुने यसै बर्ष सुनिश्चित गरिएको । जस अन्तर्गत बाकी कुन्चोक नवलपुर शिखरपुर खण्ड करिव ८ कि.मि. यसै बर्ष ठेक्का लाग्ने ।
५. चौतारा सिपाघाट कात्तिके काठमाण्डौ सडकको काभ्रेपलाञ्चोक तर्फ सिपाघाट चुरिथुम्का कात्तिके खण्डको ठेक्का लगाइ सडक निर्माण कार्य सुभारम्भ गरी हाल निर्माण कार्य तिव्र गतिमा भएको ।
६. भञ्ज्यांग ठाँटी ढाँडखोला फट्केश्वर सडक कालोपत्रेको नयाँ ठेक्का लगाइ धमाधम कार्य भइरहेको ।
७. चनौटे थापाटार इचोक घोप्टेघ्यांग सडक कालोपत्रे तथा स्तरोन्नतीको ठेक्का लगाइ निर्माण कार्य धमाधम भइरहेको ।
८. साँखु फट्केश्वर सडक अन्तर्गत छापभञ्ज्यांगबाट काठमाण्डौं तर्फ कालोपत्रेको लागि रु.४कारोड १० लाख तथा भञ्ज्यांगबाट फट्केश्वर सम्मको मुख्यसडकको बाकी करिव ५ कि.मि.सडक पिच गर्नको लागि बिउ पुजिको रुपमा ४ करोड १० लाख बजेट विजियोजन गरिएको ।
९. मेलम्ची शिखरपुर जोड्ने मेलम्चि खोला पुलको करिव ३७ करोड बजेटको सुनिश्चित गरि ठेक्का गरी सम्झौता समेत भइसकेको ।
१०. मेलम्चि भोतांग पाँचपोखरी सडक अन्तर्गत मेलम्ची खाल्डे खण्डको बाकी सडक पिचको लागि ठेक्का गर्न चाहिने न्युनतम बजेट ४ करोड १० लाख वजेट विनियोजन गरिएको ।
११. सिपाटार बठहरे न्यौपानेटार सडकको बाकी खण्ड पिचको लागि ठेक्का प्रयोजनको लागि रु.२ कारोड बजेट व्यवस्था गरिएको ।
१२. नर्सरी स्वाराथोक सडकको लागि चौतारा साँगाचोकगढी नगरपालिकासंग समपुरक बजेटको रुपमा रु.२ कारोड विनियोजन गरिएको ।
१३. मेलचौर कल्लेरी आरुवोटे सडक पिचको बजेट निरन्तरतामा व्यवस्था गरिएको ।
१४. मेलचौर चिलाउने कदमवास भैंसे सडक पिचको लागि बजेट निरन्तरतामा राखिएको ।
१५. भञ्ज्यांग रानिटार झ्याँडी सडकको लागि बजेट व्यवस्था गरिएको ।
१६. नर्सरी कटुञ्जे भिमटार सडकको पिच कार्य अघि बढाइएको ।
१७. डडुवा झुलेटार तथा डडुवा बस्नेतगाउ सडक स्तरोन्नतीका लागि बजेट व्यवस्था गरिएको ।
१८. स्याउले सिंपाल सडक र पुलको लागि बजेट व्यवस्था गरिएको ।
१९. रातोपुल पाल्चोक सडकको लागि बहुबर्षीय ठेक्का गर्न रु. २ करोड बजेट विजियोजन गरिएको ।
२०. मेलम्ची कटुञ्जे धुसेनी सिन्धुकोट सडक स्तरोन्नती गर्न ठेक्का लगाउन रु. १ करोड बजेट विनियोजन गरिएको ।
२१. सिन्धुखोला गिरानचौर महभिर सडक स्तरोन्नती गर्न बहुबर्षिय ठेक्काका गर्न रु. १ करोड बजेट विनियोजन गरिएको ।
२२. मेलम्चि ज्यामिरे गुफाडाँडा सडक पिचको ठेक्का निरन्तरताको लागि बजेट व्यवस्था गरिएको ।
२३. हेलम्बुको तार्केघ्यांगबाट मेलम्चीघ्यांग जाने चोक्पु खोलामा पुल निर्माण गर्न रु. २ करोड २० लाख बजेट व्यवस्था गरिएको ।
निम्नानुसारका सडकहरु प्रदेश सडक गुरुयोजनामा समावेश गरिएको ।

प्रदेश लोकमार्ग तर्फ
१. मैत्री मार्ग (बलेफि नौविसे चौतारा सिपाघाट काठमाण्डौ)
प्रदेश मार्ग
२. भैंसे कदमवास चिलाउने मेलचौर सडक
३. साँगाचोक भञ्ज्यांग रानिटार झँ्याडी सडक
४. सानोसिरुवारी डौंठे जल्किने सडक
५. चौतारा सिपाघाट कात्तिके काठमाण्डौ सडक
६. चौतारा स्याउले भोतांग सडक
७. स्याउले सिंपाल नवलपुर सडक
८. छाप भञ्ज्यांग ठाँटी ढाडखोला फट्केश्वर सडक
९. ज्यामिरेमाने नवलपुर सडक
१०. गैटार बडहरे सिपाटार सडक
११. मेलम्ची ज्यामिरे गुफा ओखरेनी गोब्रे सडक
१२. पाँचपोखरी सडक (मेलम्ची तिपेनी कोट भोतांग)
१३. गाइपाइले टार गुन्सा सडक
१४. आमा यांग्री मार्ग (मेलम्चि फट्टे दुवाचौर बाँसखर्क वरुवा याँग्री)
१५. मेलम्ची दुवाचौर ककनी शेर्माथांग छिमि तार्केघ्यांग सडक
१६. रातोपुल पाल्चोक सडक
१७. गोसाइकुण्ड मार्ग (सुन्दरीजल चिसापानी पाटीभञ्ज्यांग कुटुम्सांग इचोक थापाटार चनौटे)
१८. जिरोकिलो मेलम्ची तिम्बु मेलम्चिघ्यांग सडक
१९. साँखु फट्केश्वर सडक
२०. सिन्ुधखोला गिरानचौर महभिर हैवुंग पाटीभञ्ज्यांग सडक
२१. जहरसिंहपौवा भोटेचौर पिप्ले सिन्धुकोट धुसेनी मेलम्ची सडक
२२. तालामारांग ओख्रेनी थानकुने सडक
ख) मझौला योजना
७. जल्केनी नर्सिंग डाडा डौंठे सडक कालोपत्रे सम्पन्न ।
८. भञ्ज्यांग डडुवा वडा कार्यालयसम्म सडक कालो पत्रे सम्पन्न ।
९. सिस्नेखोला सुन्दरीपुर सडक स्तरोन्नती कार्य सम्पन्न ।
१०. नवलपुर ज्यामीेरे माने सडक कालोपत्रे निर्माण सम्पन्न
११. माथिल्लो सिपाखोला पुल र हाडी खोला पुल, ग्यालथुम सुरुंग पुल निर्माण कार्य (पाँचपोखरी) निर्माण सम्पन्न
१२.स्याउले कातर्चे सिंपाल सडकको स्तरोन्नतीको कार्य जारी
१३. निउरेडिल केउरेनी बांसखर्क बरुवा सडकको केउरेनी खण्ड निर्माण कार्य जारी
ग) साना योजना ः
निर्वाचन क्षेत्रका सबै वडा सम्बोधन हुने गरी स्थानीय साना सडक, सिंचाइ, नदी नियन्त्रण एवं संरक्षण, खानेपानी, खेलकुद पूर्वाधार, विद्यालय भौतिक पूर्वाधार, साना किासन भवन, सामुदायीक भवन, मन्दिर, गुम्बा, माने, गढी, सहिद पार्क जस्ता धार्मिक साँस्कृतिक एवं पर्यटकीय पूर्वाधार, कृषी पूर्वाधार, विद्यालय बस लगायतका थुप्रै योजनामा बजेट व्यवस्थापन ।

प्रदेश सरकारका तर्फबाट सम्पादन भएका महत्वपूर्ण कार्यहरु ः
१. प्रदेश सडक मर्मत सम्भार निर्देशिका जारी गरी लागु गरिएको । जसबाट प्रदेशका सडकहरुमा हेरालु राखी प्रदेश भरी सयौंको संख्यामा रोजगारी सृजना गरिएको ।
२. प्रदेशका प्रत्येक जिल्लामा कार्यालय विस्तार गरिएको ।

५.महत्वपूण विधयेकहरु जस्तै ः क) तामांग र नेवार भाषालाइ बागमती प्रदेशमा सरकारी कामकाजको भाषा सम्बन्धि विधयेक, ख) प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धि विधेयक, ग) स्थानीय तहको सेवाको गठन, सञ्चालन सम्बन्धि विधयेक लगायतका विधयेक प्रदेश सभामा पेश गरी ऐन निर्माण ।
६. जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलालाई निशुल्क हवाइ उद्दार सेवाको कानूनी व्यवस्था ।
७. खरको छानामुक्त बागमती प्रदेश कार्यक्रम सञ्चालन निरन्तरता,
८. चेपांग, बनकरीया, माझी, बोटे एकीकृत बस्ती तथा आवास कार्यक्रम सञ्चालन,
९. १५ वेडको चौतारा अस्पताललाइ ५० बेडको सेकेण्डरी अस्पताल बनाउने निर्णय कार्यान्वयन ।
१०. सिन्धुपाल्चोक जिल्लामा समेत जनता आवास कार्यक्रम लागू गरिएको ।
प्रदेशका लागि महत्वपूर्ण कार्यः
घ) प्रदेश शहरी विकास तथा एकीकृत बस्ति निर्माण, प्रदेश श्रम तथा रोजगार नीति निर्माण लगायतका महत्वपूर्ण नीतिगत निर्णय र कार्यान्वयन ।

प्रदेश सरकारसँग बैदेशीक सहयोगका परियोजनाः
बैदेशिक सहयोग प्रदेश स्तरमा कार्यान्वयनका लागि सम्झौता – “ग्रामिण सडक सञ्जाल सुधार आयोजना ९च्ऋक्ष्ए(ब्ँ०” आयोजना कार्यान्वयनमा लगिएको ।

पार्टी संग सम्बन्धित कार्यः पार्टीको केन्द्र, प्रदेश, जिल्ला र स्थानीय तहका बैठक र योजना कार्यान्वयनमा सहभागी, जनतासँग माओवादी विशेष रुपान्तरण अभियानमा आवश्यक स्थानीय तहहरुका काममा सहभागिता । पार्टीसम्बद्ध जनबर्गीय संगठनका कार्यक्रमहरुमा सहभागित । पार्टी र सरकारका काम कारवाहीका सवालमा रेडियो, एफ.एम, टेलिभिजन, सामाजिक सञ्जाल आदि माध्यमबाट प्रचार प्रसार आदी ।

विकास आयोजनाको अनुगमन तथा गूणस्तरीय र निर्धारित समयमा योजना सम्पन्न गर्न सक्रिय पहलकदमीः
मन्त्रालय मातहत जिल्लाहरुमा रहेका सबै कार्यालयको निरिक्षण, अनुगमन र बैठक गरी जिल्लाहरुमा कार्यान्वयनमा रहेका म्याद सकिएका जिर्ण योजनाहरुको अनुगमन, सम्बन्धित निर्माण व्यवसायीहरुसंग बैठक र योजनाको गुणस्तरियता कायम राखी छिट्टै निर्माण कार्य सम्पन्न गर्न आवश्यक निर्णय र पहलकदमीमा निरन्तर क्रियाशिल ।

विविधः क) दिगो, योजनाबद्ध र नतिजामुखी योजना निर्माण र कार्यान्वयनका लागि आवश्यक नीतिगत व्यवस्था, बजेट व्यवस्थापन र कार्यान्वयनको सुरुवात ।
पालिका केन्द्रलाई नयाँ शहर निर्माण नमूना योजनाहरु सञ्चालन ।
ख) अध्ययन भ्रमण ः १. २. यस वर्ष ः अष्ट्रेलियाको विभिन्न स्टेट पार्लियामेण्टको अध्यययन, स्टेट पार्लियामेण्टका सभामुख र सांसदहरुसँग अन्तरक्रिया र अनुभव आदानप्रदान
२. गत वर्ष ः जापान भ्रमण र जापानका सहायक विदेश मन्त्रिसंग बैठक गरी नेपालमा प्रदेश स्तरमा विकास कार्यमा साझेदार गर्न अपिल र केही परियोजना प्रस्तव ।
ग) प्रदेश सभामा उठेका जनसरोकारका जायज विषयको यथोचित सम्बोधन । प्रदेश सभामा विपक्षी दलको प्रतिनिधिको हैसियतले विकास निर्माण र जनसरोकारका विषयमा सम्वोधन ।

प्रतिक्रिया दिनुहोस्