काठमाडौँ । स्वर्गीय कल्पना गैरे स्मृति फाउण्डेशनको सहयोगार्थ *विशाल मुभिज प्रा.लि.*द्वारा आयोजित तेस्रो विशाल राष्ट्रिय तीज म्यूजिक अवार्ड २०८२ भव्यतापूर्वक सम्पन्न भएको छ।
कार्यक्रम काठमाडौँ चाबहिलस्थित चलचित्र विकास बोर्डको सभाहलमा भएको हो। कार्यक्रममा गणतन्त्र नेपालको पहिलो महिला मुख्यमन्त्री माननीय अष्टलक्ष्मी शाक्य प्रमुख अतिथि रहनुभएको थियो। आयोजक अध्यक्ष तथा गायक–सर्जक हुम गैरेका अनुसार कार्यक्रममा विविध सांस्कृतिक प्रस्तुति सहित तीज गीतसँग सम्बन्धित १८ विधाका करिब २६ जना कलाकारलाई अवार्ड प्रदान गरिएको र करिब एक दर्जन स्रष्टा तथा सर्जकलाई सम्मान गरिएको हो।
कार्यक्रमकी संयोजक तथा गायिका *कमला बी.सी.ले यसपटकको संस्करण पनि अघिल्ला संस्करणझैँ भव्यतापूर्वक सम्पन्न भएको बताउनुभयो। सोही अवसरमा **विशाल मुभिज प्रा.लि.का सि.ई.ओ. विशाल गैरेले अवार्डलाई निरन्तरता दिने प्रतिबद्धता जनाउनुभयो।
अवार्ड प्राप्त गर्नेहरु:
सर्वोत्कृष्ट एकल तीज गीत (गायिका) : शशी पुन (गाउन संगी)
सर्वोत्कृष्ट एकल तीज गीत (जुरी) : गीता सेञ्चुरी (दुई दिने जीवनमा)
सर्वोत्कृष्ट तीज गीत (भाषा भाषी गायिका) : कृष्णा मल्ल ठकुरी (दुःखी करिम)
सर्वोत्कृष्ट तीज गीत (जुरी) : हरीकला सुनार (खै त मयाँ लै)
सर्वोत्कृष्ट आधुनिक तीज गीत : दुर्गा नेपाल (रे.रे.रे.)
पपुलर आधुनिक तीज गीत : सबिता परियार (कपुरी क खरायो ख)
नवप्रतिभा गायिका : कृती सोनाम (छम छमी नाच्नलाई)
मौलिक तीज गीत (गायिका) : आरती रुचाल (के को दुःख पर्ला र)
मौलिक तीज गीत (नव गायिका) : टिका आले मगर (यसपाली तीजमा)
मौलिक तीज गीत (नव गायिका, पब्लिक च्वाइस) : अञ्जना खड्का (सुनै धितो)
मौलिक तीज गीत (गायक) : राजकुमार रायमाझी (यसपाली तीजमा)
तीज गीत (गायक) : उज्ज्वल गिरी (कोठी गालैमा)
नव गायिका : सिमा नेपाली (मै छोरीलाई गाह्रो भो)
नव गायिका (जुरी) : रजनी थापा (गाजलु आँखा)
नव गायिका (पब्लिक च्वाइस) : पार्वती तिमल्सेना (हे बुढा)
शब्द संकलक : रमेश पाल्पाली अविरल (आँखा मारी मारी)
लय संकलक : शक्ति चन्द (अभागी करिमै)
निर्देशक : प्रदिप कुमार रसाइली (आउन संगी)
निर्देशक (जुरी) : दिलिप राई (सुन मेरी सै)
मोडल (पुरुष) : अभिषेक खड्का (नक्कले भेना ८)
मोडल (महिला) : रबिना भण्डारी (झापाली कान्छी)
मोडल (महिला, जुरी) : तुलसी सापकोटा (रहरैमा)
सर्वोत्कृष्ट लाइभ गायिका : विमला परियार
लाइभ गायिका (पब्लिक च्वाइस) : सिता चन्द
वर्षको बाध्यबादन : शिसिर परियार (सहनाई–आईन आमा)
वर्षको संगीत संयोजन : सुनिल परियार (चोली फाटेको)
सम्मान प्राप्त गर्नेहरु:
बरिष्ठ लोकगायिका सिता थापा – दीर्घ साधना सम्मान
बरिष्ठ चरित्र अभिनेत्री रश्मी भट्ट – दशक कलाकारी सम्मान
बरिष्ठ निर्देशक उमेश गुरुड – जुरी सम्मान
बरिष्ठ काठे गायक दिनेश भण्डारी – जुरी सम्मान
गायिका/सञ्चारकर्मी शोभा त्रिपाठी – लोक पत्रकारिता सम्मान
मोडल निर्देशक बिजेन्द्र नौबागे – कलाकारी सम्मान
लोक गायिका सिमा थापा – लोक कलाकारी सम्मान
मनोरञ्जन पत्रकार घनश्याम तिमल्सेना – पत्रकारिता सम्मान
प्रतिक्रिया दिनुहोस्