२०८१ श्रावण १२
                           

जुगल गाउँपालिकामा ग्रामीण आँखा केन्द्र सञ्चालन

सिन्धुपाल्चोक, २१ माघ

जिल्लाको जुगल गाउँपालिकामा ग्रामीण आँखा केन्द्र सञ्चालनमा आएको छ । आइतबार गाउँपालिका अध्यक्ष रेशम स्याङ्बोले पालिकाको प्रशासनिक काम हुने चनौटेमा जुगल ग्रामीण आँखा केन्द्रको उद्घाटन गरेका हुन्। गाउँपालिका स्तरिय आँखा केन्द्रमा ८० प्रतिशत आँखा रोग को उपचार गर्न सकिने अध्यक्ष स्याङ्बोले बताए । उनले गाउँपालिका बासीलाई आँखा केन्द्रको भरपुर सेवा लिन अनुरोध समेत गरेका छन् ।

द फ्रेड हलोज फाउन्डेशन अष्ट्रेलियाको सहयोग, नेपाल रेडक्रस सोसाइटी, सिन्धुपाल्चोकको समन्वय र तिलगंगा आँखा प्रतिष्ठानको सहकार्यमा जुगल ग्रामीण आँखा केन्द्र सुचारु भएको हो । जिल्लाकै विकट मध्येको एक जुगलमा आँखा उपचार केन्द्र सञ्चालनमा आएपछि दुरदराजका आम नागरिकले सहज रुपमा आँखा उपचार पाउने विश्वास गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्