२०८१ श्रावण १२
                           

पाँचपोखरीमा बाह्रै महिना पर्यटक पुग्न थाले , होटल व्यवसायीलाई राम्रै फाईदा

दिपक खत्री ,पौष १३ — भ्रमण बर्ष २०२० मा नेपालको घुम्नै पर्ने गन्तव्य मध्ये १६ औँ नम्बरमा परेको सिन्धुपाल्चोकको पाँचपोखरीमा पछिल्लो समय पर्यटक बढिरहेका छन् । विश्वकै अग्लो स्थान मध्य नवौमा पर्ने पाँचपोखरीमा पर्यटक लक्षित होटल व्यवसाय पनि राम्रो चलेको छ । यद्यपी पर्यटक बढेसँगै वातावरणमा फोहोर पनि बढेको छ, तर व्यवस्थापनको पक्ष भने कमजोर हुँदा वातावरणीय सौन्दर्य नै बिग्रने खतरा बढेको छ ।

viber_image_2022-12-28_16-53-01-4581672225855.jpg

समुद्री सतहबाट ४ हजार १ सय ५१ मिटर उचाइमा रहेको पाँचपोखरी प्राकृतिक हिसाबले सुन्दर छ । पाँच वटा पोखरी संग संगै रहेकाले यसको नाम नै पाँच पोखरी रहन गएको हो । पाँच पोखरीको सांस्कृतिक एवं धार्मिक मान्यता पनि रहि आएको छ । यो क्षेत्रमा घुम्नका लागि पुग्ने पर्यटकहरू बढेका छन् । स्थानिय ब्यवसायी मंगले तामाङ भन्नुहुन्छ, “पोहोर भन्दा यो साल राम्रै मान्छे आएकोले अब त बाह्रै महिना ब्यवसाय चल्छ नै भन्ने लागेको छ ।  ”

भोताङ छिम्ती देखि पाँचपोखरी सम्मको गोरेटो बाटो ब्यवस्थित हुनुका साथै आमा याङ्ग्री तथा लाङटाङ घुम्न आउने पर्यटक हेलम्बु हुदै पाँचपोखरी पुग्न थालेपछि यो क्षेत्रमा बाह्रै महिना पर्यटक पुग्न थालेका छन् । यसले होटल व्यवसायीलाई राम्रै फाईदा पुगको छ । स्थानीय होटल व्यवसायी छिङ्रगेल तामाङ होटल चलेकै कारण विदे जान नपरेको बताउनुहुन्छ । तामाङ भन्नुहुन्छ, “पाँचपोखरीमा होटल चलायर लाउन खान र बालबच्चा पढाउन पुगेको छ । ”

viber_image_2022-12-28_16-53-02-8311672225878.jpg
यो क्षेत्रमा जनै पूर्णिमाको मेला र अन्य समय गरेर बार्षिक ८ हजार पर्यटक पुग्ने गरेका पाँचपोखरी थाङपाल गाउँपालिकाका पर्यटन विभागका फोकल पर्सन मुकुन्द पाण्डेले बताउनु भयो ।   घुम्न जानेमा विदेशी पर्यटकको तुलनामा स्वदेशी पर्यटक नै धेरै रहेका छन् । तर उनीहरूले प्रयोग गरेका प्लास्टिक जन्य फोहोरको भने वृद्धि हुन थालेको छ । होटलबाट निस्किएका प्लास्टिक जन्य फोहोर पनि बढेका छन् । होटल व्यवसायीहरूले भिरको कुनामा थुपार्ने र पर्यटकले जथाभावि फोहोर फाल्ने गर्दा पर्यावरणमा नै असर पर्ने देखिएको छ ।

viber_image_2022-12-28_16-53-03-2451672225915.jpg

पर्यटकहरू र स्थानीयले पनि यो क्षत्रेलाइ सफा र स्वच्छ बनाउन पटक पटक आग्रह गर्दै आएका छन् । सफा र स्वच्छ पाँचपोखरीको लागी गाउँपालिकाले सरसफाई अभियान पनि सुरु गरेको छ । पाँचपोखरी क्षेत्रबाट संकलन गरिएको  फोहर भोताङको फोहर सङ्कलन केन्द्रमा ल्याइएको छ । तर दीर्घकालिन फोहोर  ब्यवस्थापनको काम हुन सकेको छैन । होटल व्यवसायीलाई सुसुचीत गर्ने देखि विभिन्न स्थानमा डस्बिन अनिवार्य हुुनुपर्ने अवधारणालाई अगाडि बढाउने वडा नं ३ का  अध्यक्ष ङिमाछिरिङ तामाङ बताउनुहुन्छ ।

विगतमा जनै पूर्णिमाको  मेलामा मात्र दर्शनार्थीको भिड हुने यो ठाँउमा अहिले बाह्रै महिना पर्यटकहरू पुग्ने गरेका छन् । पर्यटक बढ्नु राम्रो भएपनि संगै बढेको फोहोरको उचित व्यवस्थापन भने गर्नु आवश्यक रहेको छ ।

viber_image_2022-12-28_16-53-02-3451672225942.jpg

प्रतिक्रिया दिनुहोस्