मेलम्ची नगरपालिका र पाँचपोखरी क्रिकेट क्लबले सातौँ जिल्ला स्तरीय पाँचपोखरी टि२)० क्रिकेट प्रतियोगिताको उपाधिका लागि प्रतिस्पर्धा गर्ने भएका छन् ।
पाँचपोखरी थाङपाल गाउँपालिका र सिन्धुपाल्चोक जिल्ला क्रिकेट संघको संयुक्त आयोजनामा जारी प्रतियोगिता अन्तर्गत आइतबार सम्पन्न सेमिफाइनल खेल वर्षाका कारण प्रभावित भएको थियो ।
पहिलो सेमिफाइनल वर्षाका कारण रद्द भएपछि पाँचपोखरी क्रिकेट क्लब समूह विजेताको हैसियतले फाइनल प्रवेश गर्दा भोटेचौर स्पोट्र्स क्लब भने बाहिरियो ।
दोस्रो सेमिफाइनल पनि मैदान भिजेका कारण ढिलो सुरु हुँदा १० ओभरमा घटाइएको थियो । टियु क्रिकेट मैदानमा पहिलो ब्याटिङ गरेको द माइटि साँगाचोक क्लबले निर्धारित १० ओभरमा ८ विकेट गुमाएर ८१ रन बनाएको थियो ।
ओपनर प्रतिक श्रेष्ठले २१ र अशोक पौडेलले ३३ रन जोड्नुबाहेक अन्य ब्याटरले उल्लेख्य योगदान दिन सकेनन् । अशोकले १० बलमा १ चौका र ४ छक्का प्रहार गरेका थिए ।
जवाफमा मेलम्चीले पनि १० ओभरमा ५ विकेटको क्षतिमा ८१ रन नै बनाएपछि खेल सुपर ओभरमा धकेलियो । मेलम्चीका ओपनर रिजिंग लामाले सर्वाधिक ३३ रन जोडेका थिए । उनी प्लेयर अफ द म्याच घोषित भए ।
अन्तिम ओभरमा जितका लागि ९ रन आवश्यक हुँदा पहिलो बलमा चौका प्रहार गरेपनि त्यसपछि आवश्यक रन जोड्न सकेन । अन्तिम बलमा २ रन आवश्यक हुँदा १ रन मात्र लिएपछि खेल सुपर ओभरमा पुगेको थियो ।
मेलम्चीले सुपर ओभरमा १३ रन जोड्दा माइटि साँगाचोकले ११ रन मात्र जोड्न सक्यो । सेमिफाइनलमा प्लेयर अफ द म्याच चुनिएका अलराउन्डर सोनु देवकोटाले सुपर ओभरमा ब्याटिङ र बलिङ दुवैतर्फ राम्रो प्रदर्शन गरेर टोलीलाई जित दिलाएका थिए ।
फाइनल सोमबार टियु क्रिकेट मैदानमा हुनेछ ।प्रतियोगिताको विजेताले १ लाख रुपैयाँ र उपविजेताले ५० हजार प्राप्त गर्नेछन् ।
प्रतिक्रिया दिनुहोस्