२०८२ असार २
                           

हिमालयन लाइफ इन्स्योरेन्स चौतारा शाखाको १७औं वार्षिकोत्सव विशेष कार्यक्रमका साथ सम्पन्न

चौतारा, सिन्धुपाल्चोक — हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेड, चौतारा शाखाले आफ्नो १७औं स्थापना वार्षिकोत्सव विशेष कार्यक्रमसहित भव्य रूपमा सम्पन्न गरेको छ। कार्यक्रममा सिन्धुपाल्चोकका सहायक प्रमुख जिल्ला अधिकारी गणेश नेपाली प्रमुख अतिथिको रूपमा उपस्थित थिए।

शाखा प्रबन्धक सोनिया खत्रीका अनुसार, यस विशेष अवसरमा बीमा सचेतना अभिवृद्धि, ग्राहक सेवा सुधार र सामाजिक उत्तरदायित्वप्रति प्रतिबद्धता दर्शाउने उद्देश्यसहित विविध कार्यक्रमहरू सञ्चालन गरिएको थियो।

कार्यक्रममा बीमित हितग्राहीहरू, सञ्चारकर्मीहरू तथा अन्य विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो। अन्तरक्रियात्मक सत्रमार्फत ग्राहकहरूको सेवा अनुभव तथा सुझावहरूलाई सुनुवाइ गरिनुका साथै कम्पनीका आगामी योजनाहरूबारे समेत कार्यक्रममा जानकारी दिइएको थियो।

संस्थाको १७ वर्षे सफल यात्रामा योगदान पुर्‍याउने सम्पूर्ण ग्राहक, कर्मचारी तथा साझेदारहरूलाई धन्यवाद व्यक्त गर्दै भविष्यमा अझ प्रभावकारी, दिगो र जिम्मेवार बीमा सेवा प्रदान गर्ने प्रतिबद्धता हिमालयन लाइफ इन्स्योरेन्सले व्यक्त गरेको

प्रतिक्रिया दिनुहोस्