२०८१ श्रावण १२
                           

प्रतिनिधिसभा र प्रदेश सभाको चुनाव आउन १०८ दिन बाँकी

साउन १९ ,   सरकारले प्रदेश र प्रतिनिधि सभा निर्वाचन मंसिर ४ गते एकै चरणमा गर्ने  निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रतिनिधि सभा निर्वाचन मंसिर ४ गते गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले आउने मंसिर ४ गते एकै चरण संघीय संसद र प्रदेश सभाको चुनाव गर्ने निर्णय गरेको हो।

मतदानको दिन आइतबार परेको छ। निर्वाचन आयोगले पनि यसअघि मंसिर पहिलो साता चुनाव गर्न सकिने सुझाव दिएको थियो। यसअघि २०७४ सालमा संघीय र प्रदेश सभाको चुनाव दुई चरणमा भएको थियो। यसपालि भने स्थानीय चुनाव वैशाख ३० गते एकै चरणमा भएको थियो। २०७४ को स्थानीय चुनाव भने तीन चरणमा भएको थियो। प्रतिनिधि सभाका लागि १६५ निर्वाचन क्षेत्र र  सात प्रदेशका ३३० प्रदेश सभा निर्वाचन क्षेत्रमा प्रत्यक्ष चुनाव हुनेछ।

प्रतिक्रिया दिनुहोस्