२०८२ भाद्र १२

फोनिज केन्द्रीय समितिका सहकोषाध्यक्ष कमला तामाङ ‘प्रदेश गौरव पत्रकारिता पुरस्कार’द्वारा सम्मानित

हेटौंडा – सञ्चार क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउँदै सामाजिक उत्तरदायित्व वहन गर्ने कार्यमा समर्पित पत्रकार कमला तामाङ लाई बागमती प्रदेश सरकारले “प्रदेश गौरव पत्रकारिता पुरस्कार” द्वारा सम्मानित गरेको छ।

आन्तरिक मामिला तथा कानून मन्त्रालय अन्तर्गतको सञ्चार  रजिष्ट्रारको कार्यालय, हेटौंडाबाट प्रदान गरिएको उक्त पुरस्कार तामाङले सञ्चारमाध्यमको माध्यमबाट सामाजिक चेतना अभिवृद्धि गर्न, जनतालाई तथ्यमा आधारित सूचना प्रवाह गर्न तथा सामाजिक परिवर्तनको आधार तयार गर्न योगदान पुर्‍याएको भन्दै प्रदान गरिएको हो।

संचार क्षेत्रमा लामो समयदेखि क्रियाशील रहँदै आएका तामाङ हाल नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को केन्द्रीय समितिमा सहकोषाध्यक्षको रूपमा कार्यरत छन्। उनको यो सम्मानले पत्रकारितामा सक्रिय सबै सञ्चारकर्मीलाई थप प्रेरणा दिने विश्वास गरिएको छ।

प्रतिक्रिया दिनुहोस्