२०८२ असार ३
                           

किवानिज क्लबमा बस्नेत

बालबालिकाकाे क्षेत्रमा याेगदान दिँदै आएको किवानिज क्लब सिन्धुपाल्चोक जिल्ला क्लब अध्यक्षमा बाह्रबिसे निवासी रामकृष्ण बस्नेत चुनिएका छन् ।

हालै सम्पन्न क्लबकाे विस्तारित बैठकबाट बस्नेतलाई अध्यक्षकाे जिम्मेवारी सुम्पिएकाे हाे । किवानिजमा प्रत्येक वर्ष नयाँ नेतृत्व छनाेट गरिन्छ ।

वरिस्ठ उपाध्यक्षमा जीवन रोक्का ,उपाध्यक्षमा नवराज थापा , सचिव रामशरण कार्की र कोषाध्यक्षमा गणेशबहादुर श्रेष्ठलाई सर्बसम्मतले चयन गरिएकाे छ ।

विद्यालयमा अध्ययन गर्ने देशभरका बालबालिकालाई याे क्लबले शैक्षिक सामग्री सहयोग गर्दै आएको छ । स्थापना भएको ११ वर्षमा देशभर एकसय ३१ वटा क्लब गठन भएका छन् । त्यसमध्ये सिन्धुपाल्चोक क्लब एक हाे ।

गरिब र असहाय बालबालिकालाई बढी केन्द्रमा राखेर किवानिजले सहायता प्रदान गर्दै आएको डिस्ट्रिक रिजन काेअर्डिनेटर सुजित बस्नेतले जानकारी दिए ।

नवनिर्वाचित पदाधिकारीलाई पनि समाजसेवाकाे क्षेत्रमा काम गर्न पहिलाे बैठकले निर्देशन गरेकाे उनले बताए ।

प्रतिक्रिया दिनुहोस्