२०८२ असार २
                           

पारदर्शी बन्दै मैत्री बचत तथा ऋण सहकारी संस्था

मैत्री बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो १५औं वार्षिक साधारण सभा भव्य रूपमा सम्पन्न गरेको छ। चौतारा साँगाचोकगढी नगरपालिका वडा नं ७, सिद्ध गणेश मा.विमा आयोजित सभामा आर्थिक वर्ष २०८०/०८१ को प्रतिवेदन सार्वजनिक गर्दै विगत वर्षको आर्थिक प्रगति, चुनौती तथा आगामी योजनाहरू सार्वजनिक गरिएको थियो।

७ सय ३४ जना शेयर सदस्य रहेको यो सहकारीले सहकार्य र पारदर्शिताको उत्कृष्ट उदाहरण प्रस्तुत गर्दै आएको छ। साधारण सभाको भव्यता बढाउन प्रमुख अतिथिको रूपमा उपस्थित बागमती प्रदेश सभा सांसद तथा सहकारीका संस्थापक अध्यक्ष युवराज दुलालले साधारण सभा कार्यक्रमको आपचारिक रूपमा उद्घाटन पानसमा दिप प्रज्वलन गरि रहेका थिए।

photo by sujan Shrestha

दुलालले कार्यक्रमलाई सम्बोधन गर्दै सहकारीले आर्थिक देखि हरेक पक्षमा देखाएको पारदर्शिताको प्रशंसा गरे उनले आज सम्म सहकारी बाट रकम उठाउनको लागि कुनै सदस्यको घर जग्गा लिलाम गर्न नपर्नु सबैभन्दा ठुलो उपलब्ध रहेको र १० लाख बाट सुरू गरेको सहकारीलाई साढे आठ करोड सम्मको अवस्थमा ल्याउन सहयोग गर्ने सबैलाई यो सहकारी अन्य सहकारी जस्तो जोखिममा नरहेको अर्थात सुरक्षित रहेको विश्वास दिलाए।

कार्यक्रममा उपस्थित शेयर सदस्यहरूले सहकारी संग सम्बन्धित आफ्नो जिज्ञासाहरू राखी सञ्चालन समिति बाट त्यसको जवाफ समेत प्राप्त गरेका थिए। समाजको आर्थिक अवस्थामा सुधार गर्नुको साथै आर्थिक कारोबारलाई सहज र उपलब्धिमूलक बनाउन सहकारीले महत्त्वपूर्ण भुमिका खेल्ने कुरा उल्लेख गर्दै सभामा उपस्थित विभिन्न संघसंस्थाका प्रतिनिधिहरूले सहकारीलाई १५ ओैँ साधारण सभाको अवसरमा शुभकामना समेत दिएका छन्।

त्यसैगरी सहकारीका अध्यक्ष रूपक धितालले सहकारी क्षेत्रले राष्ट्रको कुल ग्राहस्थ उत्पादनमा ७ प्रतिशत योगदान दिदै आइरहेको र सहकारी क्षेत्र आर्थिक विकासको तीन खम्बा मध्य एक खम्बाको रूपमा स्थापित भएको कुरा उल्लेख गर्दै, सहकारी क्षेत्रमा भइरहेको अनियमित र ठगीको विषय बाट मैत्री बचत तथा ऋण सहकारी संस्था धेरै टाढा रहेको बताए। उनले शेयर सदस्यहरूलाई सहकारीलाई सफलता तर्फ उन्मुख गर्न सधै सक्रिय रहेन बाचा समेत गरेका छन्।

साधारण सभाले आगामी वर्षका लागि समेत सुदृढ योजना र कार्यदिशाहरू तय गर्दै समृद्ध सहकारी निर्माणको मार्ग तय गर्ने प्रतिवद्धता जनाएको छ। साथै निमार्ण क्रम रहेको सहकारी नयाँ भवनले पुर्णतः पाए पछि थप प्रभावकारी र व्यवस्थित सेवा प्रवाह हुने अपेक्षा शेयर सदस्यहरू र सञ्चालक समितिले लिएको छ।

प्रतिक्रिया दिनुहोस्