सिन्धुपाल्चोक । गोले तामाङ बंश उत्थान समाजको नवौं राष्ट्रिय भेला तथा बाह्रौं बार्षिक साधारण सभा यहि २०८२ जेठ ३ र ४ गते सिन्धुपाल्चोक जिल्लाको धुस्कोटमा सम्पन्न भएको छ ।
आदिवासी जनजाति तामाङ समुदायको एक विशिष्ट थर गोले थरीको उद्गम थलो तथा आदिम किपट भुमीको रुपमा सिन्धुपाल्चोकको थाङपाल गुन्सा र नुवाकोटको लच्याङलाई मानिन्छ ।
यस भेलामा छिमेकी मुलक भारतका सिक्किम, दार्जिलिङ, आसाम, मिरिक देखी नेपालका विभिन्न जिल्लाबाट करीव २ हजार जना प्रतिनिधीहरु, पर्यवेक्षक र शुभेच्छुकहरु सहित गरी करीव ३ हजार पाँचसय जनाको सहभागिता रहेको कुरा आयोजकले बताएको छ ।
कार्यक्रम स्थलमा आउनुभएका प्रतिनिधी, पर्यवेक्षक तथा अतिथीहरुलाई सिन्धुपाल्चोक जिल्लाको कोठे, विन्ज्याल, डाँडागाउँ र धुस्कोटमा स्वागत द्धार निर्माण गरी स्याल्गर सगुन, खादा माला, डम्फु सेलो सहित भव्य स्वागत गरे ।
कार्यक्रमका प्रमूख अतिथी, अतिथीहरु, प्रतिनिधी र पर्यवेक्षकहरुलाई बलेफी गाउँपालिकाका अध्यक्ष गंगाबहादुर गोलेले वडा नं ४ मा अवस्थित डाँडाँगाउ र उपाध्यक्ष सरु लामा र वडा नं ३ का वडाध्यक्ष रितेश गोलेले स्वागत गरेका थिए ।
गोलेहरुको कुलपुजा विधी तथा अन्य धार्मिक अभ्यासहरुका बारेमा जेठ ३ गते साँझ बोन्वो अन्तरक्रिया कार्यक्रम समेत भएको छ ।
बस्ती विस्तारका क्रममा नेपालका विभिन्न जिल्लाहरु तथा छिमेकी मुलुकमा समेत बसोबास गरीरहेका गोलेहरुको पितृपुजा (आख्खेस्हुङ), कुल देवता पुजा (ल्हास्हुङ), तथा अन्य धार्मिक गतिविधीहरुको बारेमा विभिन्न ठाउँबाट सहभागि भएका बोन्वोहरुले आ आफ्नो चालचलन पुजा विधी र यसको औचित्यता माथि प्रकास पारे ।
उक्त भेलाले गोले बोन्वो हरुले आफ्नो परम्परागत बोन्वो संस्कृतिलाई हाल सम्म जोगाई कुल पुजा, पितृ पुजा तथा मानव कल्याणका कार्यमा योगदान पु¥याए बापत गोले बोन्वोहरुलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा गोले बंशको कल्याण लागि हाल सम्म ११ लाख ७४ हजार आठ सय एक्काईस रुपैयाको अक्षयकोषको स्थापना गर्ने १३ जना सहयोगीदाता हरुलाई सम्मान गरिएको थियो ।
यसै समारोहमा गोले तामाङ बंश उत्थान समाजको तर्फबाट धुस्कोट गोले बस्तीमा निर्माणाधिन रहेको छ्योलिङ घेदुङ गुम्बालाई सहयोग स्वरुप पचास हजार रुपैया नगद सहयोग गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्