२०८० चैत्र १६

सरस्वती शंकर मा.विद्यालयको वार्षिकोत्सव सम्पन्न,८ कोठे विद्यालय भवनको समेत उद्घाटन

सिन्धुपाल्चोक ,१६माघ
सिन्धुपाल्चोक बाह्रबीसे नगरपालिका ७, थगामस्थित श्री सरस्वती शंकर माध्यमिक विद्यालयको भवन उद्घाटन भएको छ ।
प्रतिनिधिसभा सदस्य एवम् पूर्व सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले विद्यालयको ६४ औं वार्षिकोत्सवको अवसरमा सोमबार ८ कोठे विद्यालय भवनको उद्घाटन गर्नु भएको हो ।

स्थानीयको श्रमदानसहित १ करोड १६ लाखमा निर्माण भएको सो भवन निर्माणका लागि स्थानीय समाजसेवी शंकर श्रेष्ठले १ करोड २० लाख रकम आर्थिक सहयोग उपलव्ध गराउनु भएको थियो । त्यस्तै विद्यालयका लागि २ रोपनी ८ आना जग्गासमेत दान गर्नु भएको थियो भने स्थानीय कृष्णबहादुर श्रेष्ठले पनि ८ आना जग्गा दान गर्नु भएको थियो । समाजसेवी शंंकर श्रेष्ठ र शेखर श्रेष्ठको बुबाआमाको विद्यालय प्राङ्गनमा निर्माण भएको अर्धकद प्रतिमाको प्रमुख अतिथि बस्नेतले आज नै अनावरण गर्नुभयो ।

हाल विद्यालयमा १७ वटा कक्षाकोठा रहेको र बाह्रबीसे नगरपालिकाको रु २ लाख आर्थिक सहयोगमा सरस्वतीको मन्दिर पनि निर्माण भएको प्रधानाध्यापक तोपबहादुर ओलीले जानकारी दिनुभयो । वार्षिकोत्सव मूल समारोहलाई सम्वोधन गर्दै नेपाली काँग्रेसका केन्द्रीय सदस्यसमेत रहेका प्रमुख अतिथि बस्नेतले गुणस्तरिय शिक्षाका लागि विद्यालयमा भौतिक पूर्वाधारको विकास अपरिहार्य भएको धारणा राख्नु भयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजु श्रेष्ठको अध्यक्षतामा भएको वार्षिकोत्सव समारोहमा प्राधानाध्यापक ओलीले वार्षिक प्रगति विवरण प्रस्तुत गर्नु भयो भने अध्ययनरत छात्रछात्राले गीत नृत्य प्रस्तुत गर्नु भएको थियो । जीवन श्रेष्ठ

प्रतिक्रिया दिनुहोस्