सिन्धुपाल्चोक। मेलम्ची खोलामा बाढी आएपछि काठमाण्डौमा पानी पठाउन रोकिएको छ ।
खोलामा धमिलो पानी आएकाले तत्कालका लागि पानी बन्द गरेको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ ।
सुरुङबाट पानी आउन बन्द भएसँगै काठमाण्डौ उपत्यकामा मेलम्चीको पानी वितरण पनि रोकिएको छ ।
काठमाण्डौ उपत्यकामा मेलम्चीको १७ करोड लिटर र सुन्दरीजलसहित अरू स्रोत गरी थप २ करोड लिटर पानी वितरण हुँदै आएकोमा मेलम्चीको पानी रोकिएपछि पानी वितरण पनि प्रभावित भएको काठमाण्डाै उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) का प्रवक्ता प्रकाशकुमार राईले बताए ।
प्रतिक्रिया दिनुहोस्