११ मंसिर – राष्ट्रिय महिला आयोगमा बितेको ६ वर्षमा करिब साढे ७ हजार महिला हिंसाका उजुरी दर्ता भएको पाइएको छ । सबैभन्दा बढी ८८ प्रतिशत घरेलु हिंसाका उजुरी दर्ता भएको आयोगले जनाएको छ ।
४२ प्रतिशत मानसिक हिंसाका उजुरी दर्ता भएका छन् भने ३० प्रतिशत आर्थिक हिंसा, शारिरिक हिंसा २४ प्रतिशत र यौनजन्य हिंसाका ४ प्रतिशत उजुरी परेको आयोगको तथ्याङ्कमा उल्लेख छ ।
हिंसामा परेका महिलामा ८८ प्रतिशत विवाहित रहेका आयोगले जनाएको छ ।
उमेर अनुसार २६ देखि ४० वर्षसम्मका महिला सवैभन्दा बढी हिंसामा परेका छन् । आयोगले यस अवधिका परेका उजुरीमध्ये १ हजार ३ सय ९५ वटा उजुरीमा मिलापत्र गरिएको र २८ वटा अदालतमा दर्ता गरिएको आयोगका अध्यक्ष कमला पराजुलीले बताइन ।
हामी सबैको प्रतिबद्धताः लैंगिक हिंसा अन्त्यका लागि अभियान’ भन्ने राष्ट्रिय नाराका साथ ३३ औँ अन्तर्राष्ट्रिय लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान हिजोबाट सुरु भएको छ । लैङ्गिक रूपमा हुने हिंसा नियन्त्रणका लागि विश्वव्यापी अभियानका रुपमा रहेको यो दिवस हरेक नोभेम्बर २५ देखि डिसेम्बर १० तारिखसम्म मनाइन्छ ।
प्रतिक्रिया दिनुहोस्