१७ असार, सिन्धुपाल्चोक । जिल्लाको सदरमुकाम चौतारामा अब फार्मेसी विषयको पनि पढाइ हुने भएको छ । दिनेश रामजी स्मृति वहुप्राविधिक शिक्षालय चौतारामा शैक्षिक सत्र २०८१/८२ को लागी डिप्लोमा फार्मेसी विषयमा ४० कोटामा भर्ना खुलेको हो । यस्तै डिप्लोमा कार्यक्रमहरुमा सिभिल ईन्जिनियरिङ ४८ कोटा, सूचना प्रविधिमा ४८ कोटाको भर्ना शिक्षालयले खुलाएको हो ।
शिक्षालयमा प्राविधिक विषयको पढाई भइरहेको छ । हाल दिनेश रामजी स्मृति वहुप्राविधिक शिक्षालयको आफ्नै भवन बनेकाले यस वर्षदेखि नयाँ भवनबाट पढाउन सुरु गरेका छन् ।सो विषयहरुमा योज्ञता पुगेका पढ्न इच्छुक विद्यार्थीहरुले आउँदो श्रावण १३ गते सम्म फारम भर्ना सकिने शिक्षालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्