सिन्धुपाल्चोक । गएको फागुन २१ मा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका प्रत्यासी वंशलाल तामाङले केन्द्रीय महाधिवेशन प्रतिनिधि खुला पदका लागि उम्मेदवारी घोषणा गरेका छन् । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सिन्धुपाल्चोक क्षेत्र नं २ बाट तामाङले उम्मेदवारी दिने भएका हुन् ।
उनले २०३६ सालको विद्यार्थी आन्दोलनबाट राजनीतिक यात्राको थालनी गरेका थिए । विद्यार्थी कालमा उनी इकाइ सभापतिदेखि विभिन्न पदमा जिम्मेवारी सम्हाल्दै जिल्ला अध्यक्षसमेत बनेका थिए ।२०४२ सालको सत्याग्रह र २०४६ सालको जनआन्दोलनमा समेत सक्रिय रहेका उनी आन्दोलनका क्रममा पटक–पटक पक्राउ र नजरबन्दमा परे । ४० वर्षे राजनीतिक जीवनका क्रममा उनी विद्यँर्थी लिडरका अलावा जिल्लामा कांग्रेसको विभिन्न पदमा रहेर आफ्नो जिम्मेवारी निर्वाह गरे । उनी कांग्रेस सिन्धुपाल्चोकको जिल्ला सदस्य हुँदै जिल्ला सचिव पनि भए । त्यसका साथै, महासमिति सदस्य तथा महाधिवेशन प्रतिनिधिको जिम्मेवारी उनले सम्हालिसकेका छन् ।
तामाङ २०७४ सालमा इन्द्रावती गाउँपालिकाको अध्यक्ष निर्वाचित भएका थिए । स्थानीय तहको नेतृत्वसँगै उनले गाउँपालिका राष्ट्रिय महासंघको महासचिवको जिम्मेवारीसमेत निर्वाह गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्