२०८३ आश्विन ११

देउवापक्षीय कांग्रेसको सिन्धुपाल्चोकका लागि महाधिवेशन तयारी कार्यसमिति विस्तार

सिन्धुपाल्चोक । नेपाली कांग्रेसको १५औँ महाधिवेशन तयारी समिति सिन्धुपाल्चोकको कार्यसमिति विस्तार गरिएको छ। यसअघि नै महाधिवेशन तयारीका लागि लालकाजी तामाङलाई संयोजक तोकिएको थियो ।

कांग्रेस सिन्धुपाल्चोकको १५औँ महाधिवेशन तयारी समितिका जिल्ला संयोजक लालकाजी तामाङले विस्तारित कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूलाई जिम्मेवारीप्रति निष्ठा, इमानदारी र प्रतिबद्धताका साथ सक्रिय हुन आग्रह गरेका छन्।

विस्तारित समितिमा बिदुरप्रसाद घोराशैनी जिल्ला सहसंयोजक, निराजन चौलागाईं, जीवन राउत र दिनेश गिरी ‘राकेश’ जिल्ला सचिवको जिम्मेवारीमा छन्।

त्यस्तै प्रकाश बस्नेत ‘काजी’ क्षेत्र नम्बर २ संयोजक, राजकुमार राईमाझी क्षेत्रीय सचिव, रामशरण गिरी क्षेत्र नम्बर २ प्रदेश ‘क’ संयोजक, दानोबु शेर्पा क्षेत्र नम्बर १ प्रदेश ‘क’ संयोजक र समीर तामाङ प्रदेश ‘ख’ संयोजक तोकिएका छन्।

स्थानीय तहको जिम्मेवारीतर्फ कृष्ण दोङ तामाङ इन्द्रावती गाउँपालिका, रामकृष्ण ढुंगाना चौतारा साँगाचोकगढी नगरपालिका, मिठु बोहोरा त्रिपुरासुन्दरी गाउँपालिका, महेश दास श्रेष्ठ पाँचपोखरी गाउँपालिका, कुमार बस्नेत सुनकोशी गाउँपालिका, रवि तामाङ जुगल गाउँपालिका र सुनलाल तामाङ बलेफी गाउँपालिका संयोजक तोकिएका छन्।

प्रतिक्रिया दिनुहोस्