२१ श्रावण २०८०
धनगढी, कैलाली ।
प्रगतिशील लेखक सङ्घ, नेपाल सुदूरपश्चिम प्रदेश समितिकाे अायाेजनामा लाेकसाहित्यमा प्रगतिशीलता विषयक विचार गाेष्ठी धनगढी, कैलालीमा यहीँ श्रावण १९ गते सम्पन्न भएको छ ।
प्रलेस प्रदेश अध्यक्ष रमेश पन्त ‘मीतबन्धु’काे अध्यक्षतामा सम्पन्न गाेष्ठीमा सुदूरपश्चिम सरकारका निवर्तमान मुख्यमन्त्री माननीय राजेन्द्र सिंह रावल प्रमुख अतिथि रहेका थिए । विशिष्ट अतिथिहरूमा सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. टी.एन. जाेशी, नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सभा सदस्य जनक रसिक, प्रलेस केन्द्रीय समिति सदस्य तथा सुदूरपश्चिम प्रदेश सह -इन्चार्ज तिलक बहादुर सिंह, प्रलेसका निवर्तमान केन्द्रीय सचिव बाबुराम आचार्य, जनसांस्कृतिक महासंघका इन्चार्ज बिक्रम कुवँर ‘प्रतीक’, नेपाल साहित्यिक पत्रकार संघ सुदूरपश्चिम प्रदेश अध्यक्ष डम्बर शर्मा बडू, सुदूरपश्चिम भाषा संस्कृति प्रतिष्ठानका अध्यक्ष पद्मराज जाेशी ‘प्रभात’, डाेट्याली भाषा साहित्यका अध्येता साहित्यकार पञ्चमराज भट्ट,मानसखण्डका अध्येता आचार्य घनश्याम लेखक, प्रलेस प्रदेश सल्लाहकार लक्ष्मी प्रसाद पाैडेल तथा साहित्यकार कृष्ण सिंह पेला लगायत रहेका थिए ।

प्रलेस प्रदेश सचिव सिर्जन श्रीले सञ्चालन गरेकाे कार्यक्रममा साहित्यकार कविराज भट्ले कार्यपत्र प्रस्तुत गरेका थिए भने साहित्यकार जगदीश ओझाले कार्यपत्र माथि टिप्पणी राखेका थिए । त्यसैगरी साहित्यकार पञ्चमराज भट्टले कार्यपत्र र लाेकसाहित्यकाे बारेमा आफ्नो धारणा प्रस्तुत गरेका थिए भने साहित्यकार कृष्ण सिंह पेलाले नवसर्जकहरूलाई सिर्जना कसरी गर्ने भन्ने बारेमा सुझाव दिएका थिए । गाेष्ठीमा प्राज्ञ सभा सदस्य एवम् प्रलेस सुदूरपश्चिम प्रदेश समितिका निवर्तमान अध्यक्ष जनक रसिक , प्रलेस कैलालीका संस्थापक अध्यक्ष यज्ञराज भट्ट र लामो समयदेखि प्रलेसमा सक्रिय नारी स्रष्टा फाल्गुना दाहाललाई दाेसल्ला र सम्मान – पत्रका साथ सम्मानित गरिएको थियाे ।

कार्यक्रममा प्रमुख अतिथिको दीर्घाबाट माननीय राजेन्द्र सिंह रावलले लाेकसाहित्यमा प्रगतिशीलताकाे अध्ययन गर्ने कामकाे राम्रो थालनी भएकाे र यहाँको लाेकसाहित्यमा अग्रगमनको चिन्तनधारा, आशावादीता, वैज्ञानिक चिन्तन समेत रहेकाे कुरा बताए । रूढीबादी परम्पराकाे विराेध गर्ने तथा श्रमजीवी जनताको पक्षमा स्रष्टाले कलम चलाउन हिच्किचाउनु नहुने भन्दै उहाँले डाेट्याली लाेकसाहित्यका फागसगुनहरू, चैत,भारतहरू लगायतका साहित्यहरू भित्र प्रगतिशीलता रहेकाे र त्यस भित्रकाे हाम्राे प्रगतिवाद खाेज्ने हाे , समाजलाई उज्यालोतिर डाेर्याउने हाे भन्ने भाव मन्तव्य मार्फत व्यक्त गरेका थिए ।
त्यसैगरी सम्मानित स्रष्टा जनक रसिकले याे क्षेत्रकाे भाषा साहित्य श्रीवृद्धिका लागि, यहाँका स्रष्टाहरूलाई स्थानदिनका लागि आफूले सक्दाे प्रयास गर्ने कुरा बताए । दुई दर्जनभन्दा बढी स्रष्टाहरूले रचना वाचन गरेकाे कार्यक्रम करिव चारघण्टासम्म चलेको थियाे । गाेष्ठीमा सहभागीहरूलाई कार्यक्रम संयाेजक प्रलेस सुदूरपश्चिम प्रदेश उपाध्यक्ष काेपिला शर्मा ‘कल्प’ले मन्तव्य मार्फत स्वागत गरेका थिए भने कार्यक्रमकाे समापन अध्यक्ष रमेश पन्त ‘मीतबन्धु’ले गरेका थिए ।

कार्यक्रममा अक्षर साहित्य प्रतिष्ठानका अध्यक्ष धनराज अविरल, सुदूरपश्चिम कला प्रतिष्ठानका महासचिव गुणाकर पनेरु, मानसखण्ड फाउन्डेसनका उपाध्यक्ष राकेश चन्द, साहित्यकार नारायण लम्साल , प्रलेस कञ्चनपुर काेषाध्यक्ष प्रेम प्रकाश कलाैनी, जनसांस्कृतिक महासंघका अध्यक्ष सि.वी. चन्द लगायतको महत्त्वपूर्ण उपस्थिति रहेकाे थियाे ।
रचना वाचनमा स्रष्टाहररू दीपक बैलकाेटी, लवदेव धामी, नवराज भट्ट, याेगराज आचार्य, लक्ष्मीप्रसाद पाैडेल, अरविन्द शाही, बाबुराम आचार्य, फाल्गुना दाहाल, शान्ति प्रसाद जाेशी, मिना कुमारी बुढा, खेमा भट्ट, डम्बर शर्मा वडू, कृष्ण सिंह पेला, खेम बतास, दशरथ सिंह धामी, समीर ओझा, प्रेम प्रकाश कलाैनी, काेपिला शर्मा, गुणाकर पनेरु, कविराज भट्ट, तिलक बहादुर सिह, कैलाश बाेगटी, धर्मराज अविरल, धर्मराज जाेशी, जनक रसिक, रमेश पन्त ‘मीतबन्धु’ रहेका थिए।

गाेष्ठीमा सम्मानित हुनुभएका स्रष्टाहरूमा हार्दिक बधाई व्यक्त गर्दै गाेष्ठी सु-सम्पन्न पार्न प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयाेग गर्नुहुने सम्पूर्ण महानुभावहरूमा प्रलेस सुदूरपश्चिम प्रदेश समितिले धन्यवाद व्यक्त गर्दै गोष्ठी सम्पन्न भएको थियो ।
प्रतिक्रिया दिनुहोस्