२०८१ श्रावण १२
                           

पूर्ण खोप सुनिश्चितताको कार्य तिव्र, ९५ प्रतिशत भन्दा माथि खोप कभरेज  

२७ बैशाख – चौतारा । जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकले जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गर्ने कार्यलाई तिव्रता दिएकोे छ । जसको लागि बिगतको बर्षहरुदेखी नै रचनात्मक भूमिकामा आफुलाई प्रस्तुत गर्दै आएको छ ।कार्यालयले यस बर्षको अभियानको लागि भने बैशाख महिनाभर खोपबाट बच्तितहरु खोज र खोप भन्ने अभियान चलाउने भएको छ ।  ०७३ बैशाखदेखी ०७५ असोज मशान्तसम्म जन्मीएका वालवालिकाहरुलाई पोलियो–२ भ्याक्सीन छुटेकोले यस अभियमनमा भने उनिहरु सवैलाई समेट्ने लक्ष्य लिएको छ ।

नेपाल सरकारको संघिय नीति अनुरुप बागमती पदेश सरकार मातहत रहेर कार्यलयले काम गर्दै आएको छ । उसले तोकिएका मापदण्डहरु पुरा गर्न धेरै थरीका इण्डीकेटरमा टेकेर अघि बढीरहेको छ । पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गर्नका लागि जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकले जिल्लाका १२ वटै पालिकाहरुको नेतृत्वदायी भूमिका निर्वाह गर्दै आईरहेको छ ।
जनस्वास्थ्य कार्यालयले स्थानीय श्रोतको उपयोग, स्वामित्व र सहभागिता, पूर्णखोप सुनिश्चितता हाम्रो प्रतिबद्धता भन्ने मूल नारालाई आत्मसाथ गरेको छ ।विहीबार कार्यालयद्वारा आयोजित पूर्ण खोप सुनिश्चितताका लागि जिल्ला स्तरीय खोप समन्वय समितिको बैठक सम्पन्न गरेको  छ । बैठकमा सिन्धुपाल्चोकको १२ वटै स्थानीय तहबाट चालु आर्थिक वर्षमा पूर्ण खोप सुनिश्चितताका लागि भएको गतिबिधिको प्रगती बिवरण कार्यालय प्रमुख दुर्गा बजगाईले  प्रस्तुत गरेकी थिइन् ।

उनले प्रस्तुत गरेको विवरण अनुसार राष्ट्रिय नीतिअनुरुप  ९५ प्रतिशत माथी हुनुपर्नेमा जिल्लामा यस भन्दा अघिको दादुरा रुवेला खोप अभियानमा ९८ प्रतिशत पुगिसकेको र समग्रमा १ यस नै पुर्याउने लक्ष्य रहेको बताइन्  ।अभियानले हालसम्म भए गरेका गतिविधि र प्रकृया बारे आवश्यक छलफल गरि घोषणा गर्ने विषयमा समितिले आवश्यक प्रमाणको आधारमा प्रमाणिकरण गर्ने निर्णय गरेको छ ।बजगाईँका अनुसार आगामी जेठ १३ गतेदेखि १७ गतेसम्म जिल्लाका सम्पूर्ण विद्यालयमा खोप केन्द्र राखी स्थानीय स्वास्थ्य संस्थाबाट अभियान सञ्चालन हुने पाँच दिने आइ.पी.भी. खोप अभियान तोकिएको समयमै सम्पन्न गर्ने निर्णय गरेको छ ।

विश्वबाट नै पोलियो रोग उन्मुलन गर्ने हेतुले सञ्चालन हुन लागेको पोलियो रोग विरुद्ध सुई लगाएर नै खोप दिइने यो अभियान सफल पार्ने लक्ष्य लिएको छ ।चौतारा अस्पतालको टिमको नेतृत्वमा अभियानको क्रममा हुने सक्ने अवान्छित गतिविधिलाई व्यवस्थापन गर्नका लागि सबै स्थानीय तहमा व्यवस्थापन टीम गठन गरी परिचालन गर्ने निर्णय भएको छ ।पूर्ण खोप सुनिश्चितता र अन्य खोप अभियानका लागि जिल्लाका सञ्चार  माध्यमबाट प्रचारप्रसार गर्नुका साथै तयारीको सम्पूर्ण कार्य पुरा गर्न यस अघि नै सम्वन्धित ठाउँका स्वास्थ्यकर्मीहरुलाई परिचालन गरिसकेको बजगाइले बताईन्  ।

प्रतिक्रिया दिनुहोस्