२०८३ आश्विन ११

सिन्धुपाल्चोकका औषधि पसलमा अनुगमन, आधा दर्जनमा शील

सिन्धुपाल्चोक । जिल्लाका विभिन्न स्थानीय तहमा सञ्चालित औषधि पसल, निजी स्वास्थ्य संस्था, भेटेरिनरीसहित चौतारा अस्पताल र बाह्रबिसे प्राथमिक स्वास्थ्य केन्द्रको फार्मेसीमा अनुगमन गरिएको छ।
अनुगमनका क्रममा मापदण्ड विपरित सञ्चालित ५ औषधि पसल तथा २ वटा भेटेरिनरी शिल गरिएको छ । त्यस्तै ३ वटा औषधि पसलमा ताला लगाइएको छ। जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकको संयोजकत्वमा मंगलबार र बुधबार चौतारा साँगाचोकगढी नगरपालिका , बलेफी गाँउपालिका , बाह्रबिसे नगरपालिका लगायतका क्षेत्रमा अनुगमन गरिएको हो।
अनुगमन टोलीमा औषधि व्यवस्था विभाग, जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोक, उद्योग तथा वाणिज्य कार्यालय, उद्योग वाणिज्य संघ तथा सम्बन्धित स्थानीय तहका प्रतिनिधिको सहभागिता रहेको थियो।

प्रतिक्रिया दिनुहोस्