२०८१ श्रावण १२
                           

समृद्ध नगर,सुखी नगरबासी बनाउन वडा सदस्य दुलालको सुझाव

सिन्धुपाल्चोक ,१९ फागुन
मेलम्ची नगरपालिकालाई समृद्ध नगर,सुखी नगरबासी बनाउन वडा नम्बर ११ का वडा सदस्य रेवतीरमण दुलालले सुझाव दिनुभएको छ ।
नगरको नारा नै मेलम्ची नगरको आधारःकृषि पर्यटन उद्योग र जलाधार तय गरिएको हुनाले नगरको यो महान् लक्ष्यलाई सफल पार्नका लागी जनप्रतिनिधि,कर्मचारी,नगरवासी,सरोकारवाला निकाय,विभिन्न सघंसंस्था, लगायत सम्पुर्णको भूमिका र जिम्मेवारी उत्तिकै महत्वपुर्ण हुने उहाँको भनाई छ ।
वडा सदस्य दुलालको नगरप्रति सुझाब

  मेलम्ची नगरपालिकाले बाटोको स्तरउन्नती गरी गुफाडाँडा धौलेभेगमा केही स्टक्चर निर्माण गर्नुपर्ने , जस्तै गुफाडाँडामा बुद्धको मुर्तीनिर्माण पार्क निर्माण धौलेमा पार्क निर्माण ,
थकनीको ऐतिहाँसिक गडिलाई सरसफाइ गर्ने स्फटकेस्वर मन्दिर तथा इन्द्रेसवर महादेव मन्दिरलाइ केही थप ब्यवस्थापन र डोलेस्वर मन्दिर लाई थप ब्यवस्थापन गर्ने ,
  भोटेचौरको चियाबगान लाइ त्यहाँको ब्यवसायी सँग समन्वयगरी सर्वसाधारणको लागी खुल्लागर्ने ,
४  मेलम्ची र भोटेचैरमा होटल ब्यवसायी सँग समन्वय गरी पर्यटक लाई खाना र बासको राम्रो प्रवन्ध मिलाउने ,
५  नयाँ यातायात ब्यवसाीको पहिचान गरि साना तर पाहाडमा चड्नसक्ने कम्तिमा पहिलो चरणमा १० देखी १५ थान गाडिको ब्यवस्था गर्ने ,
६  इच्छुक ब्यवसायीलाई सम्बन्धीत ठाउँमा नगरपालिकाले जग्गा छुट्याई स्टल निर्माणको लागी आब्हान गर्ने ,
मेलम्ची ११को माथिल्लो ४÷५ ६को माथिल्लो भाग अमिलो जातको फलफुल खेतिको लागि सिफारिस गर्ने गुफाडाँडाको वरिपरी किवी लेकाली मुलाको सिफारीस् गर्ने । सिपाघाट देखिको खोलाले छोडेको बगरलाइ अन्नवालीको लागि किसान लाइ दिने १ प्रत्यक ठाउँमा सफाई कर्मचारी नगरले ब्यवस्था गर्ने र हाम्रो संरचना भएको ठाउँमा सेकुरेटीको ब्यवस्था गर्ने ।
स्थानिय उत्पादन जस्तै अमिलो गुन्द्रुक सिन्की डोकोडालो थुन्से पिठोचामल घिउ वा गुणस्तरिय लोकल रक्सी दुग्ध उत्पादनको प्रसस्तै सम्भावना छ । त्यसबाट बन्नेपरिकार हरू चोयाबाट बन्ने, काठ, पराल स्थानिय सामाग्रीबाट निर्मित हस्त कलाका सामानरू प्रर्दशन तथा बिक्रीबितरणमा जोड दिने
मेलम्ची बजारमा दोवानटारको बगैँचामा नेवारी कला र संस्कृती झल्कने खालको संग्रालयको स्थापना गर्ने ,
10 मेलम्ची ५को सुलिकोट घ्याङमा तामाङ संस्कृति संग्रालयको बिकास गर्ने ।

मेलम्ची नगरपालिकाले मेलम्ची नगरपालिका भित्रका सम्भावनालाई खोजि गर्दै सम्बद्ध नगर बनाउनका लागी काम गरिरहेको छ । केहि समय अगाडि स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्याङ्कनमा मेलम्ची नगरपालिका प्रथम भएको छ । मेलम्ची नगरपालिकाले आर्थिक बर्ष ७८÷७९को प्रारम्भीक नतिजा तयार गरि जिल्ला समन्वय समिति सिन्धुपाल्चोकमा पठाएकोमा जिल्ला समन्वय समिति सिन्धुपाल्चोकले गरेको मुल्याङ्क अनुसार मेलम्ची नगरपालिकाले ८९।५ प्रतिशत अंक प्राप्त गर्दै जिल्लामा प्रथम भएको हो । जसमा नगरपालिकाले योजना बजेट तथा कार्यक्रम ब्यबस्थापनमा ९२।८६, कार्यान्वय क्षमता तथा ब्यबस्थापन ९७।९३, लेखाङ्कन तथा प्रतिवेदनमा १०० प्रतिशत ,अनुगमन मुल्याङ्कन तथा लेखा परिक्षणमा ८१।२५ र राजस्व ब्यबस्थापनमा ८५।२९ गरि ५ विषयक्षेत्रहरु गरि ९२।५ अंक दावि गरेकोमा जिल्ला समन्वय समितिले मुल्याङ्कन गरि अन्तिम नतिजामा नगरपालिकाले ८९।५ प्रतिशत प्राप्त गर्दै प्रथम भएको हो ।नगरपालिकाका प्रमुख आइतमान तामाङले आगामी बर्षहरुमा पनि स्थानिय तहमा प्रथम हुनेगरी काम गर्ने बताउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्