२०८१ श्रावण १२
                           

लाज हामिलाई हुन्छ गणराजहरु !

लाज हामिलाई हुन्छ गणराजहरु !

सरल सहयात्राी

-सरल सहयात्राी

भारतको उत्तराखण्डस्थित धार्चुला क्षेत्रको पिथौरागढबाट नेपालको दार्चुलाको गुन्जी क्षेत्र लिपुलेक हुदै मानसरोवर जाने मार्ग उद्घाटन भएको अस्ति हो । तर यसको शुरुआत अस्ति भएको होईन । कहिले देखी शुरु भएको हो हेरौं

१) सन् १९९९ मा अटल विहारी वाजपेयी सरकारका भारतीय विदेशमन्त्री जसवन्त सिंहको चीन भ्रमणका बेला लिपु भन्ज्याङलाई व्यापारिक नाका बनाउने समझदारी भएको खबर भारतीय सञ्चार माध्यममा प्रकाशित भएको थियो।

२) २७–३० चैत ०६१ मा भारतमा चिनियाँ विदेशमन्त्री वु डाबे र भारतीय समकक्षी श्यामशरणबीच भएकाे संझौताहरु मध्य ‘मोडालिटिज फर द इम्प्लिमेन्टेसन अफ कन्फिडेन्स बिल्डिङ मिजर्स इन द मिलिट्री फिल्ड एलङ त लाइन अफ एक्चुअल कन्ट्रोल इन द इन्डिया–चाइना बोर्डर एरियाज’ नामको उक्त सम्झौताको दफा ५ को उपदफा (२) मा भनिएको छ, ‘मध्य सेक्टरको लिपुलेक/च्याङ्ला भन्ज्याङ र पूर्वी सेक्टरको किविथु–दामाईलाई संलग्न गरी सीमा बैठक विन्दुहरूको संयन्त्र विस्तार गर्न दुवै पक्ष सिद्धान्तत: सहमत भएका छन् ।’

३) १८ सेप्टेम्बर ०१४ मा चिनियाँ राष्ट्रपति सी जिन पिनको भारत भ्रमणका क्रममा भारत र चीनका विदेश मन्त्रालयबीच कैलाश मानसरोवर यात्रा गर्ने भारतीय तीर्थयात्रीका लागि नयाँ रुट खोल्ने समझदारी बन्यो । त्यसमा भारतीय विदेशमन्त्री सुषमा स्वराज र चिनियाँ समकक्षी वाङ यीले हस्ताक्षर गरे । चल्तीको लिपु भन्ज्याङका साथै नाथुला, सिक्किममा पनि वार्षिक मानसरोवर यात्रा गर्न सकिने व्यवस्था समझदारीपत्रले गर्‍यो ।

४) १५ मे २०१५ मा भारतीय प्रधानमंत्री नरेन्द्र मोदी ले चिनियाँ समकक्षीसंग गरिएको समझदारीको २८औँ बुँदामा भनिएको छ, ‘सीमा व्यापार, दुवै देशका बासिन्दाको तीर्थाटन र अन्य आदानप्रदानका माध्यमबाट आपसी विश्वासलाई प्रभावकारी रूपमा प्रवद्र्धन गर्न सकिने कुरामा दुई पक्ष सहमत भए। साथै, सीमालाई सहकारिता र विनिमय पुलका रूपमा विस्तार गर्दै सम्बन्धलाई अझ विस्तार गर्ने कुरामा पनि एकमत भए । दुवै पक्ष व्यापार वस्तुको सूची बढाउन वार्ता गर्न र नाथुला, च्याङ्ला/लिपुलेक नाका र सिप्किलामा सीमा व्यापार बढाउन पनि राजी भए

५) ७ में २०२० मा भारतीय रक्षा मन्त्रालयले विज्ञप्ति जारी गर्दै भनेको छ, ‘उत्तराखण्डको बोर्डर रोड अर्गनाइजेसन (बीआरओ) ले कैलाश मानसरोवर रुटलाई चीनको बोर्डरसम्म जोडेको छ । कोभिड(१९ को महामारी सामना गर्दै बीआरओले १७ हजार ६० फिट उचाइमा रहेको कैलाश मानसरोवरमा बाटो विस्तार गरेको हो ।’

अब प्रश्न आउछ हामी पानी फोके पाराले उफ्रिराका मात्रै छौं वा केही प्रगति भईरहेको पनि छ ? आफु वलियो हुनुबाहेक अर्को विकल्प छैन । न चिन न भारत, यीनले नेपालको हितमा सोच्दैनन् । अन्तत: यी विदेशी नै हुन । यी सबै बिगतको समिक्षा सहित सरकारले पहलकदमी नलिने हो भने दुईतिहाई को गुड्डी पनि नहाकौं । लाज हामिलाई हुन्छ गणराजहरु !

प्रतिक्रिया दिनुहोस्