धर्म के हो ? के संसारमा मानवीय धर्म नै धर्म होइन ? उसले गर्ने कर्मको प्रतिफल धर्मको इनाम हो? यदि हो भने खै त मानिसले बुझेको ? आखिर धर्म मनको कुनाबाट चिह्याउने आत्म सन्तुष्टि हैन? फेरि ,हो भने किन मानिसहरु तृष्णालिएर भौतारिरहेका? यो संसारमा धर्म बनाउने ,मान्ने र नमान्ने उहीँ मानिस हैन ? यदि हो भने कुन धर्म मान्ने हो र कुन धर्मको बाटो चाहिँ सत्य? के मानिसले साँच्चै धर्मको पालना गरेका वा गर्दै आएका छन त? छन भने धर्मप्रति नै विभेदको खाडल किन खनिरहेका त? धर्म भर्न्नु त फरक रहेछ त ! हिन्दु ,बौद्ध ,मुस्लिम ,जैन ,शिख ,इसाई …. के तपाईंको धर्म तपाईंको कर्म ,सोच र व्यवहार हैन र? के संसारमा मृत्यु शाश्वत सत्य भए झैं मानव धर्म सत्य छैन? छ भने किन मानिस धर्मको साक्षी ,विरोधी र पक्षमा उभिन्छ? के मानिसको धर्म सत्यको मार्गमा हिँडेर अपराध नगर्नु हैन? हो भने ,फेरि यो धर्मको नाउँमा चर्को आलोचना किन? प्राणीको असल जीवन र मृत्युको मार्गभन्दा ठुलो धर्म के छ? सुविचार,सकरात्मक कार्य, सहयोगी भाव र भावनात्मक सम्बन्ध भन्दा ठुलो धर्म यो जगतमा केही छ र ? यदि छैनन भने धर्म भनेको के हो त?
प्रतिक्रिया दिनुहोस्