२०८२ जेष्ठ १९
                           

सिन्धुपाल्चोकमा रक्त समूह पहिचान कार्यक्रम सम्पन्न

सिन्धुपाल्चोक —  लाइन्स क्लब अफ काठमाडौं सिन्धु चौतारा सिटिको आयोजनामा “रक्त समूह पहिचान कार्यक्रम” सम्पन्न भएको छ। उक्त कार्यक्रम चौतारा रक्त सञ्चार सेवा केन्द्र, ब्लड डोनर्स एसोसिएसन नेपाल (ब्लोदान), र चौतारा अस्पतालको प्राविधिक सहयोगमा श्री सिद्धिगणेश माध्यमिक विद्यालय, सानोसिरुवारिमा आयोजना गरिएको हो।

कार्यक्रममा विद्यालयमा अध्ययनरत करिब ३२५ जना विद्यार्थीहरूको रक्त समूह परीक्षण गरिएको थियो। कार्यक्रम विद्यालयका प्रधानाध्यापक राजकुमार यादवको प्रमुख आतिथ्यता तथा लायन्स क्लबका अध्यक्ष भगवान खड्काको सभापतित्वमा सम्पन्न भएको हो।

सही रक्त समूह थाहा नहुदा उपचार प्रक्रियामा समय बढी खर्च हने हुदा यस्ता कार्यक्रमहरू भविष्यका लागि महत्त्वपूर्ण रहन प्रमुख आतिथ्यता तथा विद्यालयका प्रधानाध्यापक राजकुमार यादव बताउँछन्।

कार्यक्रमलाई सम्बोधन गर्दै सभापति भगवान खड्काले विद्यार्थीहरूलाई बाल्यकालमै स्वास्थ्यप्रति सचेत गराउन, भविष्यमा स्वस्थ समाज निर्माण गर्न एवम् रक्त समूहको जानकारीले उनीहरूलाई आपतकालीन अवस्थामा सहयोग  गर्ने अपेक्षा रहेको बताउदै आगामी दिनहरूमा यस्ता कार्यक्रमहरूलाई अन्य संघ संस्था र विद्यालयहरूले पनि  निरन्तरता दिनुपर्ने बताए।

विद्यार्थीहरू पनि आफ्नो रक्त समुह थाहा पाउन पाउदा उत्सुक छन्। विद्यार्थीहरूले आफ्नो रक्त समूह थाहा पाएमा  आपतकालीन अवस्थामा तुरुन्त रक्त संचार गर्न सजिलो हुने अपेक्षा रहेको छ।

प्रतिक्रिया दिनुहोस्