२०८१ श्रावण १२
                           

नेपाल राष्ट्रिय इन्जिनियर संगठन बागमती प्रदेशको अध्यक्षमा विश्वराम

नेपाल राष्ट्रिय इन्जिनियर संगठन (एनईओएन) बागमती प्रदेशको अध्यक्षमा विश्वराम पराजुली निर्विरोध निर्वाचित भएका छन् । उनलाई नेपाल राष्ट्रिय इन्जिनियर संगठन बागमती प्रदेशको प्रथम सम्मेलनले सो पदमा निर्वाचित गरेको हो ।

त्यसैगरी, उपाध्यक्षमा सुजन लामिछाने र अर्जुन श्रेष्ठ, सचिवमा सुदर्शन  कुमार मल्ल, सह-सचिवमा सुमन पोखरेल र प्रशान्त थापा र कोषाध्यक्षमा राजेन्द्र श्रेष्ठ पनि निर्विरोध निर्वाचित भएका छन् ।

त्यस्तै, सदस्यहरूमा वीरेन्द्र विक्रम लामा, अखिलेश यादव, नीता झाङ, अनुषा बोहरा, सरला केसी, विवेक मगर, सुरज पराजुली, सविन सिलवाल, भूमिनन्द ढकाल, रत्नेशकुमार चौधरी, माधव कँडेल, अंकित श्रेष्ठ, अनिल महर्जन, मनोज घिमिरे, मिथिला विहारी साह र गीता भट्ट निर्विरोध निर्वाचित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्