२०८२ बैशाख १६
                           

जुगल गाउँपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

जुगल गाउँपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार रेडियो सिन्धुको सहजीकरणमा पालिकाको सभाहलमा आयोजना गरिएको सो कार्यक्रममा १ सय भन्दा बढीको सहभागिता थियो ।

कार्यक्रममा गाउँपालिकाको प्रमुख प्रशासकिय अधिकृत लोक बहादुर विकले पालिकाको चालु आर्थिक वर्षको बजेट, निति तथा कार्यक्रम, आगामी योजना, गाउँपालिकाको प्रशासनिक सेवा, पालिकाको शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन तथा खेलकुद, भौतिक पूर्वाधार, खानेपानि तथा सिंचाई, रोजगार लगायतका क्षेत्रमा भएका कामका बारे प्रदिवेदन सार्वजनिक गर्नुभयो ।

यस गाउँपालिकाको सभाबाट रु. ६१ करोड ७८ लाख १५ हजार ८ बजेट स्विकृत भएको थियो । हालसम्म कुल बजेटको ३८. ८८ पतिश खर्च भएको प्रशासकिय अधिकृत विकले जानकारी दिनुभयो । उहाँको अनुसार पालिकाले सार्वजनिक सेवालाई पहिलो प्राथमिकता दिएर काम भइरहेको छ ।

यस वर्षको हालसम्म पालिकामा १६.३४ प्रतिशत मात्र राजश्व संकलन भएको छ ।  स्रोतको मुख्य स्लेट निकासि नभएकाले पालिकाले प्रक्षेप गरेजति राजश्व नउठेको जनाएको छ ।

प्रतिवेदन सार्वजनिक पछि सहभागी स्थानिय नागरिकहरुले विभिन्न प्रश्न, प्रतिक्रिया, माग पालिका अध्यक्षलाई राखेका थिए । उनीहरुले मुख्यत हाइड्रो निमार्ण भइरहेका आसपासको सडक बाटोमा छारो धुलो संगै खाल्डाखुल्डी भएकाले आवात जावतमा समस्या, युवाहरु विदेश पलायन, पालिकामा ब्यवसायिक युवाहरुलाई प्रोत्साहन गर्नुपर्ने, बाहिरबाट पालिकाभित्रि रहेका मासुजन्य आयत रोक्दै पालिकाभित्रनै उत्पादन हुने वातावरण हुनुपर्ने लगायतका सवालहरु राखेका थिए ।

गाउँपालिका अध्यक्ष रेशम स्याङ्बोले उठेका सवालहरूको सम्बोधन गर्दै पालिकाले सकिने विषयहरु समाधान गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो । पालिकाले सुशन र पारदर्शित ढंगले विकास निमार्णका कामहरु गरिरहेको बताउनुभयो ।

अध्यक्ष स्याङ्बोले “शिक्षा, स्वास्थ्य, कृषि, जलस्रोत, पूर्वाधार र पर्यटन, सामाजिक समात्ना  र सेवा प्रवाहमा नवप्रवर्तन भन्ने सोच लिएर काम गरिरहेको बताउनुभयो ।

सो कार्यक्रममा उपाध्यक्ष हिमाल कुमार श्रेष्ठ, वडाध्यक्ष, विभिन्न शाखा प्रमुख तथा कर्मचारी, सुरक्षाकर्मी, नेपाली कांग्रेस, माओवादी केन्द्र पार्टिका पालिका अध्यक्ष र स्थानीयबासीको उल्लेख्य सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस्